Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ

काठमाडौँ । राजावादीको आन्दोलन उग्र बन्दा काठमाडौँमा भएको आन्दोलनमा धनजनको क्षति भएको छ । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् । उनीहरु राजधानीको ग्वार्को क्षेत्रबाट पक्राउ परेको राप्रपाका प्रवक्ता सगुन लावतीले जानकारी दिएका छन ।

बीएण्डी अस्पतालबाट बिरामी भेटेर फर्किँदै गर्दा उनीहरुलाई ‘केही बुझ्नुपर्ने’ भन्दै प्रहरीले पक्राउ गरेर लगेको उनको भनाइ छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको बताइएको छ । दुबैलाई अहिले टेकु लगिएको छ ।

शुक्रबार दिउँसो राजावादीको हिंसात्मक प्रदर्शन हुँदा २ जनाले ज्यान गुमाएका थिए भने व्यापाक तोडफोडको घटना भएको थियो । उक्त प्रदर्शनमा राजा र मिश्रसहितका राप्रपाका नेताहरु पनि सहभागी थिए । दुर्गा प्रसाईं मुख्य आयोजक भएको उक्त कार्यक्रममा राजावादी समूहहरुको संयुक्त मोर्चा पनि सहभागी थियो ।