Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आगजनी,लुटपाट र तोडफोडको जिम्मेवार पूर्व राजालाई बनाइँदै,गोली हान्न सम्मको निर्देशन

आगजनी,लुटपाट र तोडफोडको जिम्मेवार पूर्व राजालाई बनाइँदै,गोली हान्न सम्मको निर्देशन

काठमाडौँ । आज काठमाडौंको तीनकुने,कोटेश्वर,त्रिभुवन विमानस्थल लगायतका क्षेत्रमा भएको आगजनी,लुटपाट,तोडफोड र सुरक्षाकर्मीमाथिको आक्रमणको जिम्मेवार पूर्व राजा ज्ञानेन्द्र शाहलाई बनाउने भएको छ । गृहमन्त्रालयमा आजको घटनालाई लिएर केहीबेरमा पत्रकार सम्मेलन हुँदैछ ।

गृहमन्त्री रमेश लेखकले आजको अराजक र हिंसात्मक घटना तथा लुटपाटको जिम्मेवार पूर्व राजा र दुर्गा प्रसाईलाई बनाइने बताएका छन् । पूर्व राजाकै उक्साहट र निर्देशनमा विमानस्थलजस्तो संवेदशील क्षेत्रमा आगजनी गरिएको तथा सरकारी र निजी सम्पत्तिमा आगजनी गरिएकोले सबैलाई कानूनी दायरमा ल्याइने मन्त्री लेखकले जानकारी दिएका छन । यस्तै गृहमन्त्रालयले प्रहरीलाई गोली चलाउन निर्देशन दिएको छ ।

उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले अवस्था नियन्त्रणको प्रयास भइरहेको र प्रहरीलाई गोली चलाउनसम्म निर्देशन दिएको जानकारी दिए । लुटपाटमा संलग्नमाथि विभिन्न माध्यमबाट अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ ।