काठमाडौँ । राजवादीको आन्दोलन उग्र बन्दै गएपछि नेकपा एमाले पार्टी मुख्यालयमा सुरक्षा सतर्कता बढाइएको छ । राजावादी समूहको प्रदर्शनकारीहरुले आक्रमण गर्ने हल्लापछि एमाले मुख्यालयमा उच्च सुरक्षा सतर्कता बढाइएको हो । मुख्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
उग्र बनेका प्रदर्शनकारीहरुले विभिन्न पार्टी कार्यालयर व्यक्गितसम्पत्ति तोडफोड र आगजनी गरेका थिए । अहिले तीनकुने क्षेत्रमा कफ्यु आदेश जारी भएको छ । आज पार्टी कार्यालयमा प्रेस चौतारीको नयाँ कार्यसमितिको सपथग्रहणको कार्यक्रम आयोजना गरिएको थियो ।
आज दिउँसै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट प्रेस चौतारीका नव निर्वाचित पदाधिकरी र सदस्यहरुको सपथग्रहणको कार्यक्रम थियो । तर प्रधानमन्त्री नजाने भएपछि निवर्तमान अध्यक्ष गणेश बस्नेतबाट सपथग्रहणको तयारी भइरहेको बताइएको छ ।