Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौँको कोटेश्वरको भाटभटेनीमा तोडफोड,माओवादी केन्द्रीय कार्यालय तर्फ जाँदै

काठमाडौँको कोटेश्वरको भाटभटेनीमा तोडफोड,माओवादी केन्द्रीय कार्यालय तर्फ जाँदै

काठमाडौँ । काठमाडौँको कोटेश्वरको भाटभटेनीमा तोडफोड भएको छ । राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेको भाटभटेनी सुपरस्टोरका सीईओ पानु पौडेलले जानकारी दिएका छन ।

सो समूहले तीनकुनै नजिकै पर्ने आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा आगजनीसमेत गरेको छ । आक्रोशित समूहका व्यक्तिहरु कोटेश्वरका गल्ली गल्ली हिँड्दै माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडातर्फ पनि अगाडि बढेका छन् । उनीहरुले कारमा आगजनी र एउटा मोटरसाइकलमा तोडफोड समेत गरेका छन् ।