Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राजावादी कार्यकर्ताले यत्रतत्र आगजनी,कफर्यु आदेश जारी

राजावादी कार्यकर्ताले यत्रतत्र आगजनी,कफर्यु आदेश जारी

काठमाडौँ । काठमाडौंमा राजावादी कार्यकर्ताले यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि कफर्यु आदेश जारी गरिएको छ ।

काठमाडौंका तीन स्थानमा कफ्यू लगाइएको हो । जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचना जारी गरेर कति बजेदेखि कति बजेसम्म लाग्ने भन्ने जानकारी दिने बताइएको छ ।

कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाकर्मी माइकिङ गरिरहेका छन् । अर्को आदेश हुँदासम्म कर्फ्यू जारी रहनेछ ।

 

नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेका छन् ।