Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राजावादी आन्दोलन अराजक बन्दा कान्तिपुर टीभी,अन्नपूर्ण मिडिया र एकीकृत को पार्टी कार्यलयमा तोडफोड

राजावादी आन्दोलन अराजक बन्दा कान्तिपुर टीभी,अन्नपूर्ण मिडिया र एकीकृत को पार्टी कार्यलयमा तोडफोड

काठमाडौँ । आज भएको राजावादीको आन्दोलनमा प्रर्दशनकारीले प्रहरीको बन्दुक खोसेका छन । दुर्गा प्रसाई अराजक बन्दा राजावादीको आन्दोलन यतिबेला बिथोलिएको छ । राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा आगजनी भएको छ । आगो निभाउन पुगेको दमकलमाथि समेत प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो ।

राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससहित हवाई फायरसमेत गरेको थियो । यस्तै, प्रदर्शनकारीले कान्तिपुर टीभी र अन्नपूर्ण मिडिया हाउसमा पनि ढुङ्गामुढा गरेका छन् । राजावादी समर्थित प्रदर्शनकारीहरूले तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालयमा ढुंगामुढा प्रहार गरेका छन्। प्रहरीले तीनकुनेबाट तितरवितर पारेपछि उनीहरू अन्नपूर्ण कार्यालय अगाडि आएर ढुंगामुढा गरेका हुन् । त्यसअघि राजावादी आन्दोनकारीहरूले तीनकुनेको एक घरमा आगलागी गरेका थिए ।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्न खोज्दा उनीहरूले मानेन।

त्यसपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। अश्रुग्यास प्रहारबाट केही प्रहरी र प्रदर्शनकारीहरू घाइते भएका छन्। आन्दोलनकारीहरूले अराजक मच्चाउन थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर तितरवितर गरेको हो। अहिले राजावादीको सभास्थल सुनशान बनेको छ । प्रदर्शनकारीहरू केही तीनकुनेबाट एयरपोर्टतर्फको सडकमा र केही कोटेश्वरतिरको सडकमा भेला भएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । यस्तै यता राजावादी कार्यकर्ताले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन् । राजावादीको एक समूहले आलोकनगरस्थिति एसको कार्यालय पुगेर ढुंगामुढा गरेका हुन् ।

राजावादी समूहको आन्दोलनकारीहरुले कोटेश्वरको प्रहरी प्रभागमा आगजनी गरेका छन् । दुर्गा प्रसाईंको उग्र समर्थकहरुले प्रहरी प्रभाग कोटेश्वरमा आगजनी गरेका हुन् । अहिले प्रदर्शनकारीहरुल विभिन्न ठाउँमा आगजनी र ढुंगामुढा गरिरहेका छन् । यस्तै यता तीनकुने क्षेत्रबाट लखेटिएका राजावादी समूहका प्रदर्शनकारीहरूले कोटेश्वरस्थित पेरिसडाँडा क्षेत्रका सवारीसाधनमा आगजनी र तोडफोड गरेका छन् । एउटा गाडीमा आगजनी र एउटा बाइकमा तोडफोड भएको हो । उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुसहित तीनकुने पुगेका राजावादी समूहका प्रदर्शनकारीहरू उच्छंखल गतिविधिमा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको थियो । पेरिसडाँडामै एउटा मोटरसाइकलमा पनि तोडफोड भएको छ ।