Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाल बिदयुत प्राधिकरणमा कुलमान घिसिङलाई हटाए लगत्तै चलखेल सुरु

नेपाल बिदयुत प्राधिकरणमा कुलमान घिसिङलाई हटाए लगत्तै चलखेल सुरु

काठमाडौँ । नेपाल बिदयुत प्राधिकरणमा कुलमान घिसिङलाई हटाए लगत्तै चलखेल सुरु भैसकेको छ । बिचौलिया र व्यापारीको स्वार्थमा परेर सरकारले कुलमानलाई हटाएको छ । यतिबेला नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा हितेन्द्र देब शाक्यलाई नियुक्त गरेको छ ।

उद्योगीहरुको चलखेल र सरकारको स्वार्थ नमिल्दा कुलमान लाई नै यतिबेला सरकारले हटाएको छ । नब नियुक्त निर्देशक रहेका शाक्यले शपथ लिएकै दिन मंगलबार रातारात प्राधिकरण सञ्चालक समितिको बैठक राखेर ऊर्जामन्त्री दीपक खड्काले निजी जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) खुलाउने निर्णय गरेका छन् । प्राधिकरणलाई घाटा हुने गरी बिचौलियाको स्वार्थअनुसार ४८०० मेगावाट किन्न पिपिए गर्ने निर्णय भएको हो । यो निर्णय कुलमानले दुई वर्षदेखि रोकेका थिए भने हितेन्द्रदेव आएलगत्तै खोल्ने निर्णय भएको छ ।

प्राधिकरणले पिपिए गरेर विद्युत् खरिद गर्न सकेन भने आयोजनालाई जरिवाना तिर्नुपर्छ । विद्युत् खपत गर्न नसक्ने अवस्थामा जरिवाना मात्रै तिर्नुपर्ने भयो भने प्राधिकरणले ठुलो आर्थिक क्षति भोग्नुपर्ने जोखिम मूल्यांकन गरेर कुलमानले पिपिए रोक्दै आएका थिए । तर, शाक्यले मंगलबार कार्यकारी निर्देशकको शपथलगत्तै पदभार ग्रहण गरेपछि राति नै सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा मन्त्री खड्काले प्राधिकरण सञ्चालक समितिको पहिलो बैठक राखेर पिपिए खुलाउने ठाडो निर्णय गराएका हुन ।

स्रोतका अनुसार मन्त्री खड्काले गत पुसमा मन्त्रिपरिषद्बाट स्वीकृत भएको ऊर्जा विकास मार्गचित्रलाई देखाएर ठाडो निर्णय गराएका हुन् । उक्त मार्गचित्रमा सन् २०३५ सम्म साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

उर्जामन्त्री रहेका दिपक खड्काले कुलमानलाई हटाउन लागि परेका थिए र अन्तत सफल समेत भएका छन । कुनै समय जनताको घरमा अध्याँरो पारेर उद्योगीहरु चलाइएको थियो त्यहीँ समयमको शुल्क उठाउन कुलमान लागेका थिए जुन कुरा उर्जामन्त्रीलाई मन परेको थिएन र हटाएका छन । कुलमान हटाएको निहुमा यतिबेला बिभिन्न ठाउँहरुमा समेत बिरोध प्रर्दशन भैरहेको छ । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध बुधबार पनि प्रदर्शन जारी छ । रत्नपार्कस्थित प्राधिकरणको कार्यालयअगाडि दिनभर प्रदर्शन गरिएको छ भने साँझ गोंगबु क्षेत्रमा मसाल जुलुस निकालिएको छ ।

यता आफूलाई कार्यकारी निर्देशकबाट बर्खास्ती गर्नु गैरकानुनी भएको भन्दै कुलमान घिसिङ सर्वाेच्च अदालत पुगेका छन् । उनले पुनर्बहालीका लागि अन्तरिम आदेश माग गर्दै बुधबार सर्वाेच्चमा रिट पेस गरेका हुन् । यस्तै नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि बुधबारै आफ्नो पुरानो मुद्दा टुंग्याउन माग गर्दै सर्वाेच्चमा निवेदन दिएका छन् ।