Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उपत्यकामा आज गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरले प्रदर्शन गर्दै,यी स्थानमा ट्राफिक जामको सम्भावना

उपत्यकामा आज गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरले प्रदर्शन गर्दै,यी स्थानमा ट्राफिक जामको सम्भावना

काठमाडौँ । काठमाडौं उपत्यकामा आज गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरले प्रदर्शन गर्दै छन् । जसका कारण काठमाडौं सडक यात्रा आज अस्तव्यस्थ हुने सम्भावना देखिएको छ ।

उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक जाम हुने सम्भावना देखिएको हो । राजावादी समूहले राजतन्त्रको पक्षमा तीन कुनेमा प्रदर्शन गर्ने तयारी गरेका छन् भने संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा काठमाडौँको भृकुटीमण्डप क्षेत्रमा समाजवादी मोर्चामा संलग्न दलहरूले आन्दोलन गर्दैछन् ।जसले गर्दा आज तीनकुने, माइतीघर, टुँडिखेल, पुतलीसडक आसपासमा अत्यधिक ट्राफिक जाम पर्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

सकेसम्म १० बजेभन्दा पहिले नै आफ्नो गन्तव्य स्थानमा पुगि सक्न प्रहरीले अनुरोध गरेको छ । ट्राफिक अवस्था बुझेर मात्र घरबाट निस्कन प्रहरीले अनुरोध समेत गरेको छ ।