Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अखिल क्रान्तिकारीले पाटन क्याम्पसमा स्ववियु निर्वाचन गराउन माग गर्दै रिल अनसन सुरु

अखिल क्रान्तिकारीले पाटन क्याम्पसमा स्ववियु निर्वाचन गराउन माग गर्दै रिल अनसन सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले पाटन क्याम्पसमा स्ववियु निर्वाचन गराउन माग गर्दै रिल अनसन सुरु गरेको छ । अखिल क्रान्तिकारी पाटन क्याम्पस कमिटीका उपाध्यक्ष एवं स्ववियु निर्वाचनमा सचिव पदका उम्मेदवार टीकाराम खत्री रिले अनसनमा बसेका हुन् । निष्पक्ष र धाँधलीरहित स्ववियु निर्वाचन हुनुपर्ने, शान्ति सुरक्षा कायम राख्नुपर्ने र तत्काल स्ववियु निर्वाचनको मिति सार्वजनिक गर्नुपर्ने उनको माग छ । पाटन क्याम्पसमा चैत ५ गते मतदान भइरहेका बेला नक्कली मतदाता देखिएको भन्दै विवाद सुरु भएपछि मतदान नै स्थगित गरिएको थियो ।