Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री के पी ओली विरुद्ध बालुवाटार मै लाग्यो नारा

प्रधानमन्त्री के पी ओली विरुद्ध बालुवाटार मै लाग्यो नारा

काठमाडौँ । प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओली दैनिक सयौँ पटक ओहोरदोहोर गर्ने क्षेत्र वालुवाटारमै रहेको रोटरी क्लबको डिजिटल बोर्ड नै ह्याक गरेर ओलीको बिरोध गरिएको छ । उक्त डिजिटल बोर्डमा के पी चोर देश छोडको नारा लेखिएको हो । ओलीको कार्यशैली प्रति यतिबेला आम जनताहरु रुष्ट देखिएका छन । पछिल्लो समयमा उनी बिरुद्ध नारा लाग्नु,पुत्ला दहन हुनु सामान्य नै भैसकेको छ ।

बालुवाटारमा रहेको उक्त बोर्डबाट डिस्प्ले हटाएर प्रहरीलाई जानकारी गराईएको समेत बताइएको छ । उक्त बोर्डमा के पी चोर देश छोड्को आपत्ति जनक नारा लेखिएको छ । यस्तै नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र चितवनको डिजिटल डिस्प्ले ह्याक गरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक नारा लेखिएको थियो । उक्त घटनापछि आक्रोशित एमाले कार्यकर्ताहरूले प्राधिकरण चितवन वितरण केन्द्रका कार्यालय प्रमुखलाई कुटपिट गर्नुका साथै कार्यालय तोडफोड गरेका छन् ।

प्राधिकरणका अनुसार सोमबार करिब १२ बजेतिर भरतपुर वितरण केन्द्रमा ग्राहकको सहजीकरणको लागि राखिएको डिजिटल सूचना बोर्ड ह्याक गरी प्रधानमन्त्रीलाई गालीगलौज र अपशब्दसहितको नारा अपलोड गरिएको थियो। बोर्डमा ’केपी चो...देश छोड’ लेखिएको थियो । उक्त आपत्तिजनक नारा डिजिटल बोर्डमा लेखिएपछि आक्रोशित एमाले कार्यकर्ताहरूले प्राधिकरण चितवन वितरण केन्द्रका हाकिमलाई कुटपिट गरेका छन् ।

उनीहरूले प्राधिकरण चितवनका कार्यालय प्रमुखको कार्यकक्षसमेत तोडफोड गरेका छन् ।प्राधकिरणका अनुसार सोमबार करिब १२ बजेतिर भरतपुर वितरण केन्द्रमा ग्राहकको सहजीकरणको लागि राखिएको डिजिटल सूचना बोर्ड ह्याक गरी प्रधानमन्त्री गाली गलौज र अपशब्दसहितको नारा अपलोड गरिएको थियो ।

प्राधिकरणले यस्तो गैरकानुनी कार्यप्रति आपत्ति जनाउँदै। घटनाको सत्यतथ्य छानबिन गरी संलग्न व्यक्तिलाई साइबर क्राइम अनुसार सम्बन्धित निकायमा कारबाहीका लागि पत्राचारसमेत गरिएको जनाएको छ ।तर मंगलबार बिहान १० बजे ३५–४० जनाको ठूलो समूह कार्यालय प्रमुखको कार्य कक्षमा प्रवेश गरी तोडफोड गरेको प्राधिकरणले जनाएको छ । यो समूहले कार्यकक्ष तोडफोडसहित कार्यालय प्रमुखलाई समेत कुटपिट गरेको प्राधिकरणले जनाएको छ । यस घटनापछि सार्वजिक सेवा प्रवाह गर्ने प्रधिकरण भरतपुरका कर्मचारीहरू सुरक्षित नरहेको जनाउँदै तोडफोडमा संलग्नलाई सजायको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

यतिबेला के पी ओली बिरुद्ध जनताहरु नै सडकमा आउँने तयारीमा पनि देखिएका छन । २ तिहाइको सरकारलले जनचाहान अनुसार काम गर्न नसकेको आरोप लाग्दै गर्दा ओलीले भष्ट्रचारीलाई समेत जोगाउन लागि परेको पनि आरोप खेप्दै आएका छन । देशका विभिन्न ठाउँमा रहेका डिजिटल बोर्डहरुमा ओली प्रति यतिबेला आपत्ति जनक नारा लेखिदै आएको छ ।