काठमाडौँ । यतिबेला सामाजिक सञ्जाल बालेन र कुलमानमय बनेको छ । सरकारकै कारण यतिबेला यी २ को चर्चाले राजावादी आन्दोलन समेत ओझेलमा परेको छ । कुलमानलाई सरकारले विदयुत प्राधिकरणको निर्देशक बाट हटाएपछि यतिबेला सडक,सञ्जाल र संसद तातेको छ भने काठमाडौका मयेर बालेन शाहले ३ महिना देखि तलब नपाएको र १ हप्तामा भित्रमा तलब नपाए टुकुचु खोलमा गाड्दिन्छु भनेपछि यतिबेला सञ्जाल बालेन र कुलमानाय बनेको हो ।
ओली नेतृत्वको सरकारले मंसिर देखि प्रमुख प्रशासकिय अधिकृत पठाउन नसक्दा महानगरका सबै कर्मचारीको तलब रोकिन पुगेको छ । सरकारले नै बालेनलाई थप दुख दिनका लागि अधिकृत नपठाएको आरोप पनि लागेको छ । (बालेन) ले फेसबुकमा आफ्नो कर्मचारीले तलब नपाएको आक्रोशसहित राखेको स्टाटसलाई लिएर सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले तीव्र प्रतिक्रिया दिइरहेका छन् । एक्स (पहिलेको ट्वीटर)मा ‘कुलमान घिसिङ’ नेपालको ट्रेन्डिङ वनमा परेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको जिम्मेवारीबाट हटाएको खबर बाहिरिए लगत्तै एक्स प्रयोगकर्ताले आफ्ना प्रतिक्रिया राखेका छन् । त्यस्तै फेसबुकमा पनि कुलमान घिसिङ ‘पपुलर नाउ’ (एयउगबिच ल्यध) मा परेका छन् । उनीबारे सयौं पोस्ट तथा हजारौं कमेन्ट गरिएका छन् ।
घिसिङको कार्यकालमा भएको लोडसेडिङको अन्त्य र विद्युत आपूर्तिको सुधारलाई लिएर अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको समर्थन गरेका छन् भने मन्त्रिपरिषदको निर्णयको आलोचना गरेका छन् । सरकारको आलोचना गर्नेमा सत्तापक्षकै नेतादेखि विपक्षी दल र सर्वसाधारणसम्म छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मन्त्रिपरिषद्को निर्णय बाहिरिए लगत्तै सामाजिक सञ्जालमार्फत सरकारको निर्णयप्रति असहमति जनाएका थिए । यसैगरी, कांग्रेस नेता डा. शेखर कोइरालाले पनि सरकारको कदमको विरोध गरे का छन ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ देखि रास्वपा सभापति रवि लामिछाने र अन्य विभिन्न नेता तथा कार्यकर्ता र सर्वसाधारणले सामाजिक सञ्जालमार्फत सरकारको निर्णयप्रति असन्तुष्टि पोख्दा केहीले भने सरकारको बचाउ गरेका छन् । पछिल्लो समयमा ओली प्रति यतिबेला धेरै जनताहरुले असन्तुष्टि व्यक्त गरेका छन । यहीँ समयमा कुलमानलाई निकाल्दा झन ओलीले आगो माथि घिउ थप्ने काम गरेका छन । जनताहरु रुष्ट भैरहेका राम्रो काम गदेँ जानु र डेलिभरी दिनुको साटो उल्टै राम्रो काम गर्नेलाई निकाल्दा बिरोध हुनु स्वभाविक पनि हो ।