Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कुलमान हटाएपछि काग्रेँस रुष्ट,सरकार ढल्ला त ?

कुलमान हटाएपछि काग्रेँस रुष्ट,सरकार ढल्ला त ?

काठमाडौँ । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई २ तिहाइको सरकारले हटाएपछि यतिबेला काग्रेसका धेरै नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन । घिसिङलाई पदबाट हटाएपछि कांग्रेसका ठूला र प्रभावशाली नेताहरू आफूसम्मेलित सरकारविरुद्ध उत्रिएका छन । सोमबारको मन्त्रिपरिषद् बैठकले गुपचुप कुलमानलाई हटाउने निर्णय गरेको थियो । त्यसपछि कांग्रेसका नेताहरूले आफ्नो पार्टीसम्मेलित नेकपा एमाले नेतृत्व सरकारको विरोध गरिरहेका छन् ।

कुलमान हटाएको विषय तत्काल नागरिककहाँ जान नदिने मनसायका साथ सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले कुलमानलाई सरकार नहटाएको सञ्चारकर्मीलाई बताएका थिए । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूको ‘कुलमान घिसिङलाई हटाएको हो?’ भन्ने प्रश्नमा उनले कसले भनेको हो? कुलमानले? सरकारलाई त थाहा छैन’ भनी ढाँटेका थिए ।

तर धेरैमन्त्रीहरू मन्त्रीपरिषद् बैठकबाट निस्किसकेपछि केही मन्त्री बसेर कुलमान हटाउने निर्णय भएको थियो । कुलमान हटाउने निर्णयसँगै अहिले सरकारको कांग्रेसकै प्रभावशाली नेताहरू विरोधमा उत्रिएका छन् । पार्टीका पदाधिकारी तहकै नेताहरू विरोधमा उत्रिएका हुन् । पछिल्लो समयमा सरकारलाई काग्रेसकै विभिन्न नेताहरुले समेत सरकारको कामको असन्तुष्टि व्यक्त गरिहेका छन । कामप्रति नै असन्तुष्टि जनाइरहेका यतिबेला सरकारको यस्तो निर्णयले झन पार्टी भित्र नै संशय उत्पन्न गरेको छ । काग्रेसका महामन्त्री गगन थापा,बिश्वप्रकास,डा शेखर कोइराला र अन्य नेताहरुले समेत सामाजिक सञ्जाल बाटै असन्तुष्टि पोखेका छन । कांग्रेसकै ठूलो पङ्ति कुलमान हटाउनविरुद्धमा लागेपछि सरकारको आयुमाथिसमेत प्रश्न उठेको छ। हप्ता दिनअघि सरकार परिवर्तनको हल्ला फैलिएको थियो। कुलमानलाई हटानुमा कुनै कारण नभएर मन्त्री खड्का ईगो साँधेर हटाएका हुन् ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकमा पनि कांग्रेसकै परराष्ट्रमन्त्री आरजु राणा देउवाको सहयोगमा कुलमानलाई हटाउन निर्णय भएको मन्त्रीपरिषद् स्रोत बताएको छ । कांग्रेसकै गृहमन्त्री रमेश लेखकले अहिले कुलमानलाई हटाउँदा प्रतित्पादत हुनसक्ने भन्दै हटाउने निर्णय नगर्न भनेका थिए । तर खड्काले कड्किँदै हटाउनुपर्ने अडान लिएको र त्यसमा राणाले साथ दिएपछि कुलमानलाई हटाउने निर्णय भएको बताइएको छ । घिसिङलाई हटाउने विषयमा कांग्रेसको पार्टीगत धारणामा फरकपन देखिनुभन्दा अघि मन्त्रिपरिषद्मै दुई धार देखिएको थियो । स्रोतहरूका अनुसार परराष्ट्रमन्त्री आरजु राणा र ऊर्जामन्त्री दीपक खड्का पक्षमा हुँदा गृहमन्त्री रमेश लेखक विरोधमा थिए । हुन त लेखक पहिलादेखि नै कुलमानलाई हटाउन नहुने पक्षमा थिए । अघिल्लोपटक स्पष्टीकरण सोध्ने बेलामा पनि लेखक असहमत थिए भनिएको थियो । घिसिङ हटाउने निर्णयमा कांग्रेस किन दुई धारमा देखियो भन्नेचाहिँ चासोको विषय बनेको छ । साथै, सभापति देउवालाई खासै चासो नभएको निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका छन् ।