Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चैत १५ गते सडकमा राजावादी र लोकतन्त्रवादी बिचमा भिडन्त हुने पक्का

चैत १५ गते सडकमा राजावादी र लोकतन्त्रवादी बिचमा भिडन्त हुने पक्का

काठमाडौँ । यहीँ  चैत  १५ गते गणतन्त्रवादी र राजावादी बिचमा सडकमा प्रर्दशन गर्ने पक्का भएको छ । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ गते राजधानीमा जनप्रदर्शन गर्ने घोषणा गरेको छ । राजावादी र गणतन्त्रवादी बिचले प्रर्दशन गर्ने भएपछि मुड्भेड हुनसक्ने समेत सम्भावना बढेको छ । केही समय देखि राजावादी र गणतन्त्रवादी बिचमा आन्दोलन जारी रहेको छ ।

समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त जनप्रदर्शनमा सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा सङ्घीयता विरोधी आम सर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई साथ, सहयोग र समर्थनका लागि आह्वान गरेको छ । संयोजक नवराज सुवेदीले नेपाल एउटा विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको जिकिर गर्दै  देशभक्त, राजसंस्थावादीहरू एकतावद्ध भएर अघि बढ्नु पर्ने अवस्था आएको बताएका छन ।

उनले राजसंस्था पुनस्र्थापनाका लागि हुने खासगरी राजधानी केन्द्रित सबै प्रदर्शन तथा आन्दोलनहरूमा संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ,सहयोग र समर्थन रहेनसमेत विज्ञप्तिमा उल्लेख गरेका छन्  । सोही दिन समाजवादी मोर्चाले समेत राजधानीमा राजावादीको गतिविधिविरुद्ध प्रदर्शन तय गरेको छ । नेकपा (माओवादी केन्द्र) सहित चार दल आवद्ध समाजवादी मोर्चाले अगामी चैत १५ गते काठमाडौंमा वृहत जनप्रदर्शन गर्दैछ । राजावादीहरुको गतिविधिको विरोध र सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्न सो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।  १५ गते काठमाडौँमा आयोजित विरोध प्रदर्शनमा एक लाख कार्यकर्ता तथा समर्थक आउने दाबी गरिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र गरेकाले त्यसविरुद्ध बागमती प्रदेश तथा आसपासका जिल्लाबाट कार्यकर्ता तथा समर्थक उतार्न लागिएको मोर्चाको भनाइ छ । अर्का नेताका अनुसार मोटामोटी चार दलीय क्षमता अनुसार नेकपा माओवादी केन्द्रले ५० हजार, नेकपा एकीकृत समाजवादी पार्टीले २५ हजार, नेपाल कम्युनिस्ट पार्टीले १५ हजार र नेपाल समाजवादी पार्टीले १० हजार मानिस उतार्ने भाग परेको छ ।  फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले देश बचाउन आफूलाई साथ दिन आह्वान गरेपछि नेपालको राजनीति तरङ्गित भएको छ ।

सोहीअनुसार राजावादीहरूले फागुन २५ गते पोखराबाट फर्किँदा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरी निजी निवास निर्मल निवाससम्म पु¥याएका थिए । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार अब विरोध प्रदर्शन कार्यक्रममा कुलमान हटाएको विषय पनि थपिएको छ ।