काठमाडौँ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको काठमाडौं महानगर कमिटीले महानगरका मेयर बालेन्द्र साह बालेनले सोमबार राति मदिरा सेवन गरेर आपत्तिजनक स्टाटस लेखेको भन्दै अनुसन्धानको दायरामा ल्याउन माग गरेको छ । युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई समाजलाई नभड्काउन चेतावनी दिएको छ । युवा संघको महानगर कमिटीले आज प्रेस विज्ञप्ति जारी गर्दै आपत्तिजनक अभिव्यक्ति दिने मेयरलाई कानुनी कठघरामा उभ्याउनका लागि सरोकारवाला निकायसँग माग पनि गरेको छ। बालेनले सोमबार साँझ सामाजिक संजालमा लेख्दै अबको एक हप्तामा महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाड्ने बताएका थिए।
आफ्नो पदीय जिम्मेवारी भुलेर पब र क्लबहरूमा रमाउँदै सस्तो लोकप्रियता र सामाजिक संजालमा लाइक बटुल्नका लागि स्तरहीन अभिव्यक्ति नदिन र समाज नभड्काउन पनि युवा संघले सचेत गराएको छ। कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिने मयर बालेनलाई कानूनी कठघरामा उभ्याउन सरोकारवाला निकायसँग संघले विज्ञप्तिमार्फत माग गरेको छ । विज्ञप्तिमा भनिएको छ । देशमा विखण्डनकारी शक्ति र तानाशाही शासकहरूको अवशेष सल्बलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेका बेला आफ्नै कसजोरीका कारण प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न नसकी कर्मचारीहरुको तलब भत्ता रोकिएको विषयलाई लिएर काठमाडौँ महानगरपालिका मेयर साहित्य ÷ ब्लग बालेन्द्र शाहको मदिराको सनकमा अबको एक हप्तामा कर्मचारीले तलब नपाए “टुकुचामा गाड्छु“ अन्य भन्ने अभिव्यक्ति प्रति राष्ट्रिय युवा संघ नेपाल काठमाण्डौ महानगर कमीटीको गम्भीर ध्यान आकर्षण भएको छ ।
आफ्नो पदीय जिम्मेवारी भुलेर पब र कल्बहरुमा रमाउदै सस्तो लोकप्रियता र सामजिक संजालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभिव्यक्ति नदिन र काठमाडौँ तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन हामी सचेत गराउँछौं र कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिने मेयरलाई कानूनी कठघरामा उभ्याउनका लागि सरोकारवाला निकाय सँग जोडदार माग गर्दछौ । भनिएको छ । उनले हिजो मात्रै एक हप्ता भित्रमा कर्मचारीले तलब नपाए नेताहरुलाई लगेर टुकुचनाान गाड्ने धम्की समेत हिजो बेलुका दिएका थिए । संघीय राजधानी र जनसांख्यिक रुपमै सबैभन्दा ठूलो महानगरपालिकाले नै प्रमुख प्रशासकीय अधिकृत नपाउँदा यतिबेलाा काम कारवाहि ठप्प छ । बिकासे खर्च गर्ने बेलामा अधिकृति नै नहुदा रकम निकासा हुन सकेको छैन । जस्ले गर्दा कर्मचारीले तलब पाएका छैनन्, महानगरले खर्च गर्न पाएको छैन । महानगरपालिकाका मेयर बालेन शाह र ओली नेतृत्वको सरकार बिच निरन्तर द्धोन्द्ध भई रहेको छ ।
अहिले सरकारले महानगरमा अधिकृत नपठाए पछि विवाद चरम उत्कर्षमा पुगेको छ । लामो समय देखि निरन्तर सरकारलाई खबरदारि गरिरहेका मेयर शाहले आफु गलत भए जेल हाल्न भन्दै प्रमाणहरु सामाजीक सञ्जालमा पोष्टि गरेका छन् । उनले लगातार सरकारले महानगरलाई अधिकृत नपठाउँदा ३ महिना देखि सबैको तलब भत्तारोकिएको पनि बताएका थिए ।
