Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उर्जामन्त्री दिपक खड्काको पुत्दा दहन

उर्जामन्त्री दिपक खड्काको पुत्दा दहन

काठमाडौँ । कुलमान घिसिङलाई सरकारले हटाएपछि यतिबेला उर्जामन्त्री दिपक खड्काको पुत्दा दहन भएको छ । नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियूले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएको हो । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा अनेरास्ववियूले मन्त्री खड्काको पुत्ला जलाउँदै विरोध प्रदर्शन गरेको हो । यतिबेला कुलमान लाई निकाले पछि चौतर्फी रुपमा सरकारको आलोचना सुरु भएको छ । उर्जा मन्त्री रहेका दिपक खड्काको कुलमानलाई हटाउन निकै प्रयास गरेको भन्दै उनको पुत्ला दहन भएको हो । उनीहरुले प्रदर्शनीमार्गस्थि विश्वभाषा क्याम्पसबाट खड्काको पुत्ला जलाउँदै प्रदर्शन गरेका थिए । लगतै प्रहरीले हस्तक्षेप गरेर आगो निभाइएको छ । यस्तै यता विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध नेकपा माओवादी केन्द्र आबद्ध भातृ संगठनहरु आन्दोलनमा उत्रिने भएका छन् ।

कुलमान हटाउने निर्णविरुद्ध आजै दिउँसो साढे ३ बजे नयाँ बानेश्वरमा माओवादीका जनवर्गीय संगठन र मोर्चाहरुको संयुक्त विरोध प्रदर्शन गर्न लागिएको वाइसिएल इन्चार्ज तथा युवा नेता रामप्रसाद सापकोटा दिपशिखाले जानकारी दिएका छन । कुलमान हटाएर बिचौलियाको सेवा गरेको भन्दै सरकारविरुद्ध चरणबद्ध संघर्ष गरिने र जनताको समर्थन खोजिने उनले बताए । यसअघि आजै विहान नेकपा एसनिकट युवा विद्यार्थीले पनि सरकारविरुद्ध प्रदर्शन गरेका थिए । हिज बसेको मन्त्री परिषदको बैठकले कुलमानलाई हटाउने निर्णय गरेसँगै चर्को रुपमा बिरोध भैरहेको छ । बिचौलियाको प्रभावमा झन्डै दुईतिहाइको शक्तिशाली सरकारले देशलाई लोडसेडिङमुक्त बनाएका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । सरकार बनेदेखि नै कुलमान हटाउन सक्रिय प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री दीपक खड्काले आठ महिनापछि सोमबार मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर बिचौलियाको लक्ष्य पूरा गरिदिएका हुन् ।

कुलमानले लोडसेडिङका वेला उद्योगहरूले प्रयोग गरेको बिजुलीको अर्बौँको बक्यौता उठाउन पहल गरिरहेका थिए, जुन सरकारलाई मन परेको थिएन । नागरिकको घरको बिजुली कटौती गरेर लोडसेडिङका वेला उद्योगहरूले प्रयोग गरेको सवा आठ अर्ब तिरेका छैनन् । कुलमानले यो बक्यौता उठाएर सरकारी ढुकुटीमा ल्याउन खोजिरहेका थिए । उद्योगीहरूले बक्यौता नतिर्न राजनीतिक लबिङ गरिरहेका थिए । उद्योगीहरूको यो त्यही समूह हो, जसले कार्टेलिङ गर्दै सिमेन्ट र डन्डीको भाउ पनि अस्वाभाविक ढंगले बढाएका थिए । कुलमान हटाउने बिचौलिया समूहको अभियानलाई ऊर्जामन्त्री दीपक खड्का, प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले साथ दिँदै मन्त्रिपरिषद्बाट हटाउने निर्णय गरेका हुन् । मन्त्रीस्तरीय निर्णयबाट पटक–पटक अनावश्यक विवरण माग्दै र स्पष्टीकरण सोध्दै कुलमानमाथि दबाब दिँदै आएको सरकारले पछिल्लोपटक २१ फागुनमा मन्त्रिपरिषद्बाटै निर्णय गरेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।