Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सरकारले कुलमान हटाएपछि डा. शेखरले भने-विनास काले विपरित बुद्धि

सरकारले कुलमान हटाएपछि डा. शेखरले भने-विनास काले विपरित बुद्धि

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको स्वामित्व नेपाली कांग्रेसले लिन नसक्ने स्पष्ट पारेका छन्। उनले कुलमानलाई हटाउनुपर्ने सरकारी निर्णयको पुष्टि न सरकार न पार्टीले रहेको तर्क गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारको कुशासनको निरन्तरताको अर्को कडीस् कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले। नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न। यसरी कतिदिन चल्ने र चलाउनेरु विनाशकाले विपरित बुद्धि।’

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।