Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रविको साङ्केतिक विरोध

रविको साङ्केतिक विरोध

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णय भएपछि सोमबार राति फेसबुक लाइभमा आएर उनले साङ्केतिक विरोध गरेका हुन् ।

लाइभमा आएर उनले केही बोलेनन् । बरु उनले साङ्केतिक विरोधस्वरुप बत्ती निभाएर मैनबत्ती बाले । उनले लाइभको क्याप्सनमा लेखेका छन्, ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन् ’

उनले कुलमान घिसिङलाई हटाइएसँगै लोडसेडिङ हुनसक्ने तर्फ संकेत गर्दै बत्ती निभाएको बुझ्न सकिन्छ । कुलमानकै नेतृत्वमा देश लोडसेडिङमुक्त भएको थियो ।

लामिछाने गत अक्टोबर १८ यता फेसबुकमा सक्रिय थिएनन् । अक्टोबर १८ पछि उनी पहिलो पटक फेसबुकमा आएका हुन्, त्यो पनि नबोलीकन, साङ्केतिक विरोधको रूपमा ।

लामिछाने सहकारी ठगीको आरोपमा पक्राउ परेसँगै फेसबुकमा सक्रिय थिएनन् । उनले सार्वजनिक रूपमा पनि अभिव्यक्ति दिएका छैनन् । उनले समय आएपछि आफू बोल्ने सञ्चारमाध्यमलाई बताउँदै आएका छन् ।