Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पूर्बराजा ज्ञानेन्द्र शाहले आफुलाई मुर्दावाद भन्ने महिला पत्रकारलाई बोलाएपछि..

पूर्बराजा ज्ञानेन्द्र शाहले आफुलाई मुर्दावाद भन्ने महिला पत्रकारलाई बोलाएपछि..

काठमाडौँ । पूर्बराजा ज्ञानेन्द्र शाहलाई एक महिला पत्रकारले थर्काएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । गोरखामा पूजा गरेर फर्केका राजा ज्ञानेन्द्र शाह धदिङ–नुवाकोट हुँदै काठमाडौ फर्कने तयारी थिए । उनको समर्थनमा व्यापक नाराबाजीहरू पनि भएका थिए । यस क्रममा नुवाकोटको बट्टारमा आइपुग्दा पूर्वराजाको कानमा एउटा अप्रिय नारा गुञ्जियो । राजावादीहरूकै भिडभित्रबाट एक महिलाले अनायास ‘ज्ञानेन्द्र शाह मुर्दावाद’ को नारा लगाउन थालिन् । सोहिअनुसार अङ्गरक्षक सुरक्षामा खटे। पत्रकारहरु क्यामेरा र मोबाईल लिएर फोटो, भिडिओ खिच्न थाले ।

 

हुल सरह रहेको माहोलमा अङ्गरक्षकहरुले धकल्दै राजाको बाटो अगाडी बढाउँदै आए । पत्रकारहरु पनि सोहिअनुसार बढ्दै आए । अनि अङ्गरक्षक पछाडी रहेका सबैलाई धकले । धकल्ने क्रममा एक महिला पत्रकारलाई छुन पुगे (उनका अनुसार ब्याड टच), हुलमा अङ्गरक्षकले गरेको त्यो दुव्र्यवहार पत्रकार साथी र उक्त अङ्गरक्षकसँग विवाद भयो। “कसलाई धकलेको“, “किन धकलेको“। धेरै विवाद हुँदै जाँदा अर्को स्वकीय सचिव अङ्गरक्षक (सुरक्षामा खटेका डिएसपीले भनेअनुसार) ले मोबाईल खोसे । विवाद सुन्दै राजा अघि बढ्दै थिए । मोबाईल खोसेपछि महिला पत्रकारले नारा लगाए “ज्ञानेन्द्र शाह मुर्दावाद!“ । उनेले ज्ञानेन्द्रलाई थर्काउदै भनिन रिपोर्टङि गर्न आएका पत्रकारको मोबाईल खोस्न पाईन्छ भनिन । उनले माफि माग्न समेत भनिन ।राजाले मलिन र शालीन स्वरमा सोधे ती पत्रकारलाई सोधे “के भएको ?“राजासमक्ष समाचार सङ्कलनको क्रममा आफ्नो मोबाईल खोसिएको जानकारी÷गुनासो गरिन् ।

होटलबाहिर युवाहरूले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ को नारा घन्काउन थाले । पूर्वराजा गेटभित्र बसेर सर्वसाधारणसँग भेट्न र फोटो खिच्न व्यस्त भए । बच्चादेखि वृद्धसम्म उनलाई भेट्न र फोटो खिच्न लाइनमा बसेका थिए । यता बाहिर विवाद हुँदै जाँदा अंगरक्षकले महिला पत्रकारको मोबाइल नियन्त्रणमा लिएको दाबी गरिएको छ ।सो व्यवहार देखेर राजावादीले गेटबाहिरैबाट उनीमाथि खनिन थाले । नेकपा माओवादी निकट रहेकी ती पत्रकारमाथि राजनैतिक आक्षेपसहित नारा लगाए । पूर्वराजाले भने, ‘खोस्न त नहुने हो ।’ त्यसपछि उनले अङ्गरक्षकहरूलाई मोबाइल खोजेर फिर्ता दिलाउन इशारा गरे । त्यसपछि आफू होटलभित्र छिरे । महिला पत्रकार भने सुरक्षाकर्मीले माफी माग्नुपर्ने बताउन थालिन् । त्यसपछि राजावादीहरू उनीमाथि खनिए । उनीहरूले झोले पत्रकार भन्दै गाली गलौचसमेत गरे ।केहि समयपछि सुरक्षाकर्मीले मोबाईल फिर्ता गरे। उता राजा हेर्न र दर्शन गर्न आएकाले राजाको जय जयकारको नारा लगाएका थिए भने अर्को प्रचण्ड र केपी शर्मा ओली विरुद्ध नारा लगाएका थिए । हिजो ज्ञानेन्द्र शाह मुर्दाबाद भन्दै नारा लगाउने महिला माओवादी निकट पत्रकार रुपा अर्याल रहेछिन ।  यी महिला पत्रकार माओवादी पार्टीमा आबद्ध रुपा अर्याल भएको बुझिएको छ । अहिले राजाविरोधिहरुले राजावादीहरुबीचमै साहसी कार्य गरेको भन्दै उनको हाइहाइ गरिरहेका छन् । राजावादीहरूले भने पत्रकार भएर राजनीतिक नारा लगाएकोमा आपत्ति जनाइरहेका छन् ।