Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओली, देउवा र प्रचण्डको सिहदरवारमा बैठक सुरु

ओली, देउवा र प्रचण्डको सिहदरवारमा बैठक सुरु

काठमाडौँ । आज हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ ।

तीन नेताबीच आज सोमबार अपराह्न पौने ५ बजेबाट सिंहदरबारमा छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

छलफलमा तीननेतासँगै गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेल, माओवादीका उपमहासचिव शक्ति बस्नेत र नेता खिमलाल देवकोटा सहभागी छन्।