Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कुलमान घिसिङ एकाएक उर्जा मन्त्रालयमा सरुवा गरिदैँ

कुलमान घिसिङ एकाएक उर्जा मन्त्रालयमा सरुवा गरिदैँ

काठमाडौँ । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन धेरै प्रयास गरेपछि असफल भएपछि सरकारले अब उनै कुलमानलाई उर्जा मन्त्रालयमा सरुवा गर्ने भएको छ । प्रबन्ध निर्देशक घिसिङलाई ऊर्जा मन्त्रालयल सरुवा गर्ने सरकारले तयारी गरेको बिषय यतिबेला खुल्न आएको हो । सरकारलाई असहयोग गरेको, निर्देशन नमानेको, आफूखुसी निर्णयहरु गरेको भन्दै उनलाई सरुवा गर्न लागिएको स्रोतको दाबी छ । ऊर्जामन्त्री दीपक खड्काले संसददेखि सार्वजनिकस्थलहरुमा समेत घिसिङको खरो आलोचना गर्दै आएका छन् । उनले कुलमानलाई उज्यालोको नायक मान्न नसकिने भन्दै लोडसेडिङ अन्त्यको जस निजी क्षेत्र र भारतलाई  दिनुपर्ने बताउँदै आएका छन् । ऊर्जामन्त्री खड्काको निर्देशन नमानेपछि घिसिङ र खड्काबीच दुरी बढेको हो । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा समेत दुईबीच फरक मत छ । घिसिङले सञ्चालक समितिको निर्देशन नमानेको, मन्त्रालयले बनाएको समितिलाई डेटा नदिएको, मन्त्रीको निर्देशन नमानेको भन्दै ऊर्जामन्त्री खड्का पनि रिसले चुर भएका छन् ।

पटक–पटक सोधिएको स्पष्टिकरणमा कुलमानले चित्तबुझ्दो जवाफ दिएका छैनन् ।  यद्यपि, मन्त्रालयले बनाएको समितिलाई काम नगर्न÷नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । प्रधानमन्त्री ओली पनि कुलमानलाई हटाउने पक्षमा छन् । डेडिकेटेड ट्रंक लाइनका विषयमा जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन नगरेको र सरकारले पटक पटक दिएको निर्देशन पालना नगरेपछि प्रधानमन्त्री ओली कुलमानसँग रुष्ट छन् । सरकारले ६ पटक कुलमान घिसिङलाई स्पष्टीकरण सोधिसकेको छ । ऊर्जा मन्त्रालयले कार्य सम्पादन मूल्यांकन ढिलो बुझाएको भन्दै शुन्य अंकसमेत दिएको छ । पछिल्लो समयमा उर्जा मन्त्री दिपक खड्का कुलमानलाई हटाउन न्वारन देखिको बल लगाइरहेका छन । विवादास्पद काम र अभिव्यक्तिले ऊर्जामन्त्री दीपक खड्का चर्चामा छन् । पछिल्ला गतिविधि खड्कालाई मन्त्रीमा बसिरहन नैतिक प्रश्न उठ्ने खालका छन् । तर, सत्तापक्ष यसमा मौन छ । र, प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको संरक्षण छ ।कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने एकसूत्रीय एजेन्डामा काम गरेको सरकारले पछिल्लो समय भने यसलाई ‘होल्ड’मा राखेको छ । साउनमा कार्यावधि सकिन लागेका कुलमानलाई केही महिनाअगाडि हटाउँदा आउन सक्ने कानुनी र राजनीतिक जटिलता थेग्न नसक्ने निष्कर्षसहित सरकारले यसलाई ‘होल्ड’ राखेको हो  ।

उनलाई मन्त्रालय सरुवा गरेपछि प्राधिकरणकै उपकार्यकारी निर्देशकलाई निमित्तको जिम्मेवारी दिने तयारी छ । प्राधिकरणमा बरिष्ठताको आधारमा दिर्घायुकुमार श्रेष्ठ उपकार्यकारी निर्देशकका रुपमा कार्यरत छन् । बरिष्ठलाई नै निमित्तको जिम्मेवारी दिने गरिएको यस अघिको अभ्यासलाई मान्ने हो भने उनले निमित्तको जिम्मेवारी पाउने सम्भावना छ । प्राधिकरणमा फणिन्द्रराज जोशी, मदन तिम्सिना उपकार्यकारी निर्देशकका रुपमा कार्यरत छन् । सरकारले चाहेमा अन्य उपकार्यकारी निर्देशकलाई समेत जिम्मेवारी दिन सक्नेछ ।