Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पुर्वराजा ज्ञानेन्द्र विरुद्ध आन्दोलन गर्न गणतान्त्रिक मोर्चा बनाउँने कुरा काग्रेस भित्रै मिलेन,गगन र देउवा बिचमा टक राव

पुर्वराजा ज्ञानेन्द्र विरुद्ध आन्दोलन गर्न गणतान्त्रिक मोर्चा बनाउँने कुरा काग्रेस भित्रै मिलेन,गगन र देउवा बिचमा टक राव

काठमाडौँ । पछिल्लो समयमा राजावादीहरुको सक्रियताले व्यवस्था बिरुद्ध नै धावा बोल्न थालेपछि गणतान्त्रिक मोर्चा बनाउँने कुरा भने सफल नभएपछि यतिबेला विभिन्न कोणबाट बिश्लेषण हुन थालेका छन । गणतन्त्रवादी नेताहरु एकढिक्का भएर अघि बढ्ने घोषण गरेका थिए तर राजतन्त्र पुनस्र्थापनाको एजेन्डालाई लिएर सडकमा देखिएको उपस्थितिलाई हेर्ने विषयमा कांग्रेसमा फरक मत देखा परेको छ । केही समय देखि यहीँ बिषयलाई लिएर उच्च तहका नेताहरुबिचमा दौडधुप जारी रहेको छ । काग्रेस सभापति शेरबहादुर देउवा,कृष्ण सिटौला देखि उच्च तहका र देउवा निकट नेताहरुले राजतन्त्र पुनःस्थापनाको आन्दोलन विरुद्ध आक्रमक रुपमा प्रस्तुत हुनुपर्ने पक्षमा देखिएका छन्।

तर काग्रेसका महामन्त्री गगन थापासहितका नेताहरू भने आन्दोलनलाई एकपक्षीय रुपमा मात्रै हेर्न नहुने र सडकमा युवा पुस्तासमेत आएको कुरालाई ध्यान दिनुपर्ने पक्षमा देखिएका  छन ।  कांग्रेसभित्र राजावादीको आन्दोलनलाई हेर्ने दृष्टिकोणलाई लिएर मतभेद भएपछि गणतान्त्रिक दलहरूबीच मोर्चा बनाउने तयारी रोकिन पुगेको छ । काग्रेसमा विभिन्न तहका नेताहरु बिचमा आन्तरिक द्धन्द्ध  र गुट रहेको छ । यहीँ गुटका कारण मत विभाजन भैरहेको छ । संसदमा समेत केही नेताहरुले राजाको गतिविधिलाई नियन्त्रण गर्नुपर्ने धारण राख्दै गर्दा कसैले भने त्यसको बिपक्षमा मत राखेको देखिन्छ । केही दिन अघि पनि देउवा,ओली र प्रचण्ड बिचमा मोर्चा बनाउँने सहमति हुने भनिएपनि प्रचण्डले समय नै नदिदा अनिश्चिित बनेको छ । यतिबेला काग्रेसका केही नेताहरुले फरक मत राख्दा झन अनिश्चिित बनेको हो । गणतन्त्र पक्षदरहरूको मोर्चा बनाउने र त्यसले व्यवस्थाको पक्षमा विभिन्न किसिमको गतिविधि गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा देउवा सहमत भएपनि कांग्रेसमा कुरा नमिल्दा रोकिएको बताइएको छ ।

दलहरूको गणतान्त्रिक मोर्चा बनाउने र संयुक्त विज्ञप्ति जारी गर्ने कुरामा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सहमति जनाएका छन्। ओलीले कांग्रेस–माओवादीसँग कुरा गर्न सङ्क्रमणकालीन मामिला सम्बन्धी सल्लाहकार अग्नि खरेललाई खटाएका छन्।

गणतान्त्रिक मोर्चा बनाउने र प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर गणतन्त्रको पक्षमा आह्वान गर्ने तयारी रोकिन पुगेको हो। कांग्रेसका नेता अर्जुनरसिंह केसी, गृहमन्त्री समेत रहेका नेता रमेश लेखकले मोर्चा बनाएर जाने कुराको असहमति जनाएका छन्।

कम्युनिस्ट पार्टीहरूको प्रस्ताव र एजेन्डामा भन्दा पनि पार्टी आफ्नै विचारबाट अघि बढ्नु पर्ने दबाब बढ्दो छ। धर्म निरपेक्षता, सङ्घीयता, राजतन्त्रबारे पार्टीले लिएको नीतिमा पुनःविचार हुनुपर्ने शशाङ्क कोइराला, शङ्कर भण्डारीसहितका नेताहरूको मत छ। कांग्रेसमा राजावादीहरूको आन्दोलनलाई हेर्ने दृष्टिकोण फरक–फरक भएपछि छलफल गर्न सभापति शेरबहादुर देउवाले आइतबार कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।