काठमाडौँ । पछिल्लो समयमा माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड भेट्न पनि प्रधानमन्त्री के पी शर्मा आलीलाई हम्मेहम्मे परेको छ । प्रधानमन्त्री रहेका ओलीले प्रचण्ड भेट्न नपाएको भन्दै गुनासो गदैँ आएका छन । ‘प्रचण्ड’सँग पटक–पटक सम्पर्क गरे पनि भेट्न नसकेको उनको भनाई छ । स्रोतका अनुसार पछिल्लो समय प्रधानमन्त्री ओलीले सत्ता सहकार्यका लागि प्रचण्डलाई भेट्न खोजेको बताइएको छ । यतिबेला नेपाली काग्रेसका उच्च तहका नेताहरु ओलीको कार्यप्रति रुष्ट देखिएका छन भने सार्वजनिक कार्यक्रममा पनि चर्को आलोचना गरिहेका हुँन्छन । टीआरसीका नाममा सत्ता सहकार्यका छलफल गर्न खोजेकाले प्रचण्डले ओलीलाई नभेटेको खुमलटार स्रोतको दाबी रहेको छ ।
कांग्रेससँग ओलीको सम्बन्ध चिसिँदै गएकाले ओलीले माओवादीसँग सत्ता सहकार्यका लागि छलफल गर्न खोजेका हुन् । तर, प्रचण्डलाई ओलीसँग सत्ता सहकार्यमा कुनै चासो नै नभएको दाबी गरिएको छ । प्रचण्डले ओलीलाई भेट्न नमानेपछि एमालेका अन्य नेताहरूसमेत भेटघाटका लागि आग्रह गर्न प्रचण्ड निवास खुमलटार पुगेका थिए । यतिबेला ओली बाट नै प्रचण्ड तर्किएर हिडिरहेका छन । केही दिन अघि प्रचण्डले काग्रेस सभापति शेर बहादुर देउवालाई समेत फोन गरेको खुल्न आएको थियो । स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति देउवासँग टेलिफोन संवाद गर्दै देउवाकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव अघि सारेका थिए । उनले गणतन्त्रवादी दलहरू मात्र सहभागी हुने र सकेसम्म एमालेलाई अलग राख्ने तर आवश्यक परे एमालेलाई समेत समेट्ने बताएका थिए । केही दिन देखि ओली,देउवा र प्रचण्ड बिचमा भेटवर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको थियो तर प्रचण्डले नै तदारुक्ता नदेखाउँदा उनीहरु बिचमा भेट हुन नसकेको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम राखिएको थियो । बैठकमा माओवादी केन्द्रका सांसद विमला सुवेदीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भेट हुन नसकेको बताएका थिए ।
ओलीले यस्तो जवाफ दिए पनि प्रचण्डको स्वास्थ्य ठीक छ । अहिले उनी माओवादी केन्द्रद्वारा आयोजित हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी कार्यक्रमका लागि मधेशमा छन् । बिहीबार बाराको सिम्रौनगढ र कलैयामा आयोजित कार्यक्रममा प्रचण्ड दिनभर व्यस्त थिए । जनतासँग भेट्ने, उनीहरूको गुनासो सुन्ने र पार्टीलाई विस्तार गर्दै अगाडि बढ्ने योजनामा उनी पार्टीद्वारा आयोजित कार्यक्रममा छन् । प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो अघि बढाइने प्रधानमन्त्री ओलीले बताएका छन ।