Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेरबहादुर देउवा र आरजुलाई आफ्नै जिल्लामा जान रोक,कारण यस्तो

शेरबहादुर देउवा र आरजुलाई आफ्नै जिल्लामा जान रोक,कारण यस्तो

काठमाडौँ । पछिल्लो समय राजनितीक दलका नेताहरु लखटिने क्रम बढेको छ । बर्षैँ देखि जनतालाई झुक्याउँदै आएका नेताहरु प्ति जनता आक्रामक छन् । कतै कालो झण्डा देखाउने त कतै प्रबेश निशेषका घटना बढेका छन् । अहिले भने काँग्रेस सभापति शेरबहादुर देउवा दम्पत्तिलाई उनीहरुकै गृह जिल्लामा जान प्रतिबन्द लगाईएको छ । परराष्ट्र मन्त्री समेत रहेकी देउवा पत्नी आरजु र पटक पटक प्रधानमन्त्री बनेर देशको तालाचाबी समालेका देउवा आफ्नै गृह जिललामा निशेषधमा परेका छन् ।

डडेल्धुरामा सडक कालोपत्रे भएको तीन वर्षसम्म पनि पुल निर्माण नभएपछि प्रदेश र संघीय सांसदलाई बहिष्कार गर्ने चेतावनी दिइएको छ । यसमा देउवा दम्पत्ति मात्रै होईन त्यहाँका प्रदेशका नेता र सांससदहरु अब जनकारबाहिमा पर्ने भएका हुन् । सरकारमा बसेर जनतालाई आश्वासन दिने, हेलिकप्टर चढेर आफु गृह जिल्ला जाने तर, त्यहिका जनताको मर्का नबुझेको भन्दै स्थानिय आक्रोसित छन् । डडेल्धुराबाट बैतडीको मेलौली जोड्ने उग्रतारा–मैलौली सडकखण्डको बसना खोलामा पुल निर्माण नभएपछि वडाध्यक्षले नै प्रबेश बन्द गरेको जानकारी दिएका छन् अजयमेरु गाउँपालिका– २ का वडाध्यक्ष शिवराज भट्टले यो वर्ष पनि पुल निर्माणको प्रक्रिया सुरु नभए आफ्नो वडामा बहिष्कार गर्ने चेतावनी दिएका हुन् ।उनीहरुले प्रबेश निशेध मात्रै नभएर चन्दा संकलन गरेर प्रदेश र प्रतिनिधिसभाका सांसदलाई खाजा खर्च पठाउने योजना समेत बनाएका छन् ।

डडेल्धुराको अजयमेरु गाउँपालिकाका सबै वडा जोड्दै बैतडीको दुर्गममा रहेको तल्लो स्वराड पुग्ने सबैभन्दा छोटो दूरीको उक्त सडक २०४२ सालमा निर्माण सुरु भएको थियो ।तर, अहिले सम्म यस्ले पुर्णता पाउन सकेको अबस्था छैन । जस्ले गर्दा स्थानिय रुष्ट बनेका हुन् । यता गन्यापधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकालाई जोड्ने पुल एक दशकसम्म निर्माण हुन नसक्दा स्थानीयले सास्ती पाउन थालेका छन् । दुई गाउँपालिकालाई जोड्नका लागि पक्की पुल निर्माण हुन थालेको एक दशक हुन थालेको छ तर पुलबाट मोटर चढेर आवतजावत गर्ने स्थानीयको चाहना अझै पूरा हुन सकेको छैन । तर, पनि नेतृत्वलाई भने कुनौ चासो देखिदैन । जनताको भाबनामाथी खेलवाड गर्ने र चुनावी एजेण्डा मात्रै बनाउने कारणले जनता हैरान छन् । बर्खाका बेला खोलामा पानीको बहाव अत्यधिक हुने हुँदा स्थानीय बासिन्दालाई ओहोरदोहोर गर्न समस्या हुने गरेको छ । अहिले नेपाली काँग्रेस पनि सरकारमै छ । ओली पछि प्रधानमन्त्री बन्न्े लाईनमा देउवा छन् तर, पनि आफ्नै ठाउँलाई उपेक्षा गरेका छन् ।