काठमाडौँ । नेपालमा अब सामाजिक सञ्जाल फेसबुक, इन्टाग्राम र एक्स बन्द हुने भएका छन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय फेबुकको कम्पनी मेटा, इन्टाग्राम र एक्सलगायतलाई दर्ता हुन नआएको भन्दै बन्द गर्ने चेतावनी दिएको हो । मन्त्रालयले यदि १ महिना भित्र दर्ता हुन नआएको खण्डमा बन्द गर्ने चेतावनी दिएको छ । केही महिना अघि पनि मन्त्रालयले सुचना जारी गरेको थियो तर मेटा र एक्स भने नेपालमा दर्ता हुन आएका छैनन ।
हालसम्म ३ वटा कम्पनी मात्रै सूचीकरण भएको उल्लेख गर्दै मन्त्रालयले ती कम्पनीलाई १ महिनाभित्र नेपालमा सूचीकरण हुन सूचना जारी गरेको हो । सूचीकरण हुने कम्पनीले कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियम परिपालनको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने हुन्छ । निर्देशिकाअनुसार हालसम्म भाइबर, टिकटक र सारांश मिडिया ल्याब प्रालि सूचीकरण भई सञ्चालनमा छन् ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि आफैँ वा आफ्नो प्रतिनिधिमार्फत सूचीकरण हुनुपर्ने उल्लेख छ । ‘नेपालभित्र सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गरेका उल्लिखितबाहेक अन्य सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्मले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम ३० दिनभित्र यस मन्त्रालयमा सूचीकरण गर्नुहुन तथा नेपालभित्र सम्पर्क विन्दु आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियम परिपालनको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्नुहुन यसै सूचनामार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ’, मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । तोकिएको समयभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिकाको दफा ३ को उपदफा ७ बमोजिम मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने चेतावनी दिएको छ । पछिल्लो समयमा सरकार नै सामाजिक सञ्जालको कडाइमा लागि परेको देखिन्छ ।
सरकार आफैले सामाजिक सञ्जाल माथि निरगानी गर्नका लागि भन्दै सामाजिक सञ्जाल बिधयक समेत ल्याएको छ । यो बिधयकको चौतर्फी बिरोध भएपछि सरकार समेत डराएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार जम्मा तीन वटा प्लेटफर्म मात्र सूचिकृत भएका छन् । केही दिन अघि समेत सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम मन्त्रालयमा सूचीकृत हुन आग्रह गरेका थिए । मन्त्रालयले सूचीकरणका लागि एक्स, फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल प्लेटफर्मलाई ताकेता गरे पनि उनीहरू नआएको बताएकाम थिए । मन्त्रालयको आह्वानपछि असोज १६ मा विटक, गत वर्षको फागुन २४ मा भाइबर र कात्तिक ८ मा टिकटक सूचीकृत भएका थिए।