Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एमाले अध्यक्ष के पी शर्मा ओली,माओवादी प्रचण्ड र काग्रेस सभापति शेर बहादुर देउवा बिचमा भेटवार्ता हुने

एमाले अध्यक्ष के पी शर्मा ओली,माओवादी प्रचण्ड र काग्रेस सभापति शेर बहादुर देउवा बिचमा भेटवार्ता हुने

काठमाडौँ । प्रमुख ३ दलका शिर्ष नेताहरु एमाले अध्यक्ष के पी शर्मा ओली,माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र काग्रेस सभापति शेर बहादुर देउवा बिचमा भेटवार्ता हुने भएको छ । सोमबार नै ३ नेताहरु बिचमा भेटवर्ता हुने तय भएको थियो तर प्रचण्डको समय अभावले गर्दा उनीहरु बिचमा भेटवार्ता हुन नसकेको हो । पछिल्लो समयमा शिर्ष नेताहरु बिच भेटवार्ता हुने खबर बाहिर आएसँगै विभिन्न टिकाटिप्णी पनि सुरु भैरहेका छन । सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न प्रमुख दलका शीर्ष नेताहरूबिच छलफलको तयारी भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय सम्बन्धी सल्लाहकारमा पूर्वमहान्यायधिवक्ता समेत रहेका एमाले नेता अग्नि खरेललाई नियुक्त गरेसँगै आयोग गठनको तयारीस्वरुप प्रमुख दलका नेताहरूबिच छलफलको तयारी भएको हो । केही दिन अघि प्रधानमन्त्रीका सल्लाहकार खरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर छलफल गरेका थिए । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड र सल्लाहकार खरेलबिचको छलफलमा अवरुद्ध प्रक्रिया अघि बढाएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन ढिला गर्न नहुनेबारेमा कुराकानी भएको थियो । ओलीका सल्लाकार खरेलका अनुसार ‘माओवादी अध्यक्ष प्रचण्डसँग टीआरसीका बारेमा छलफल भएको र ‘आजभोली नै प्रमुख तीन दलका शीर्ष नेताबिच छलफल गरेर थप प्रक्रिया कसरी अघि बढाउने उनले जानकारी दिएका छन ।

राष्ट्रिय मानवअधिकार आयोगले फागुन तेस्रो साता प्रधानमन्त्रीलाई पत्राचार गर्दै अवरुद्ध सङ्क्रमणकालीन न्याय प्रक्रियालाई अघि बढाउन,सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठन गर्न आग्रह गरेको थियो । त्यसअघि परराष्ट्रमन्त्री आरजु राणासँग पनि आयोगले अवरुद्ध सङ्क्रमणकालीन न्याय प्रक्रियाबारे छलफल गरेको थियो । सरकारले गत कात्तिकमा दुवै आयोग गठनका लागि सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरेपनि थप प्रक्रिया सुरु भएर पनि रोकिएको थियो । त्यसपछि मंसिर मसान्तमा समिति अध्यक्ष मिश्रले आयुक्तहरूको नाम सिफारिस गर्न असफल भएको भन्दै नेपाल सरकारलाई सुरुबाटै प्रक्रिया थाल्न सुझाव दिएका थिए । यस्तै हिज मात्रै पनि ३ दलका शिर्ष नेताहरु बिचमा फोन संवाद समेत भएको खबर बाहिर आएका थिए ।

हिज मात्रै माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवासँग संवाद गरेका थिए । संवादका क्रममा उनले गणतन्त्रविरूद्ध षड्यन्त्र भइरहेको उल्लेख गर्दै गठबन्धन सरकार जिम्मेवार भइ काम गर्न आग्रह गरेका थिए । अध्यक्ष दाहालको सचिवालय स्रोतका अनुसार उनले सरकारका कारण राजावादी सक्रिय भएकाले प्रतिपक्ष दलका माग सम्बोधन गर्न आग्रह गरेका छन् ।