Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको भाउले नयाँ कीर्तिमान

सुनको भाउले नयाँ कीर्तिमान

काठमाडौँ । सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको भाउ एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले बढेको हो । हिजो सुनको भाउ एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि चैत्र एक गते शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेर दुई हजार ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ४० रुपैयाँ कायम भएको थियो ।