Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सरकार ढल्ने चर्चाका बिच केही बेरमा नै प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड र देउवा बालुवाटार जाँदै

सरकार ढल्ने चर्चाका बिच केही बेरमा नै प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड र देउवा बालुवाटार जाँदै

काठमाडौँ । आज ६ बजे प्रधानमन्त्री के पी शर्मा ओली,माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र काग्रेस सभापति शेर बहादुर देउवा बिचमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने तय भएको छ । जसका लागि देउवा र दाहाल बालुवाटार जाँने तयारीमा रहेको समेत बताइएको छ ।

देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच भेटवार्ता हुने भएको र देशको समसामासयिक बिषयामा छलफल हुने बताइएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पहलमा प्रमुख दलका नेतृत्वबीच आज साँझ भेटवार्ता हुन लागेको हो । यस अघि माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवासँग संवाद गरेका थिए । संवादका क्रममा उनले गणतन्त्रविरूद्ध षड्यन्त्र भइरहेको उल्लेख गर्दै गठबन्धन सरकार जिम्मेवार भइ काम गर्न आग्रह गरेका थिए ।

अध्यक्ष दाहालको सचिवालय स्रोतका अनुसार उनले सरकारका कारण राजावादी सक्रिय भएकाले प्रतिपक्ष दलका माग सम्बोधन गर्न आग्रह गरेका छन् । ओली र देउवासँग प्रत्यक्ष, अप्रत्यक्ष संवाद गरी आवश्यक परे गणतन्त्रवादीहरु एक भएर जानुपर्ने उनले बताएका थिए । उक्त संवादका क्रममा प्रधानमन्त्री ओली र देउवाले सरकार परिणाममुखी काम निकाल्न प्रतिबद्ध भएको बताएका थिए ।