Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज आईतबार तपाईँको दिन कस्तो रहँला,राशिफल पढनुहोस ।

आज आईतबार तपाईँको दिन कस्तो रहँला,राशिफल पढनुहोस ।

आज विक्रम संवत २०८१ साल चैत्र ३ गते, आइतबार ।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैयाँ पैसा नआउने तथा आफन्तलाई दिएको धनले सत्रुता बढाउनेछ । धन सम्पत्ति हराउने तथा चोरी हुने हुनाले यात्रा गर्दा ख्याल गर्नुहोला । प्रेममा अविश्वास बढ्ने योग रहेकोछ भने मामा तथा आफन्तसँग विवाद बढ्नेछ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईंको प्रतिस्पर्धीको रुपमा अरुनै देखा पर्नेछन् ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउदा मनग्गे धन कमाउन सकिनेछ । व्यापार, उद्योग तथा शेयर बजारमा सुझबुझका साथ लगानी गर्दा प्रशस्त आम्दानी हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियता झल्कनेछ । उपहार तथा चिठ्ठा प्राप्तिको प्रसस्त सम्भावना रहेकोछ भने भौतिक सम्पत्तिहरु लाभ हुनेछन् । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगत्ति देख्न पाइनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) समाजसेवामा दिन बित्नेछ भने अरुको काम गरी प्रसन्न हुने समय रहेको छ । माया प्रेममा नचाहादा नचाहादै मनमुटाव सिर्जना हुनेछ भने जीवन साथिसँग तिक्तता बढ्ने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउँन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । अरुकै काममा समय खर्चिदा आफ्नो काम थाती रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। आफन्त तथा दाजुभाईबाट सहयोग पाइने छैन भने विवाद बढ्ने योग रहेकाछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्चिदै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । बोलेर गर्ने कुनै पनि पेशा व्यवसाय फस्टाएर जानेछ भने काउन्सेलिङ, मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्ग प्रस्तुत्ति दिन सकिनेछ । कुटुम्ब, आफन्त तथा नजिकका मानिससँग भेट भई पारिवारिक माहोलामा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) समयको सही सदुपयोग गरी रचानात्मक गर्दै समाजमा नाम कमाउन सकिनेछ । साथीभाइको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडीहरुका लागि समयले साथ दिनेछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । विद्यार्थीले पढाइमा राम्रो प्रगति गरी आफन्त तथा गुरुवर्गहरुलाई खुशी राख्न सक्नेछन् । खाद्यान्न, पहिरन तथा अनलाइन व्यापारमा लगानी गरि लाभ लिन सकिनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) लामो दुरीको यात्रा हुनेछ भने समय मध्ययम रहेको छ, यात्राका क्रममा ध्यान दिनुहोला । काम गर्दा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ । व्यापार व्यवसायमा कममात्र आम्दानी हुँदा आर्थिक क्षेत्र कमजोर रहनेछ । भौतिक सम्पत्ति तथा द्रब्य हराउन सक्छ, ध्यान दिनुहोला । प्रेममा अविश्वास गर्नाले टाडिनु पर्ने हुन सक्छ । र, पनि विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ भने विदेश यात्राको योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी, नु,ने,नो,या,यि,यु) व्यापार व्यवसाय फस्टाएर जानेछ भने आए आर्जनका स्रोतहरु फराकिला हुनेछन् । खनिज पदार्थ तथा तरल पदार्थको व्यापारबाट लाभ लिन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा स्कुल कलेजमा शिक्षक तथा आफन्तहरु खुशी हुनेछन् । घर, परिवार तथा समाजमा तारिफयोग्य कामगरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेमिल जोडीका लागि समय उत्तम रहेकोछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) कार्यक्षेत्रमा काम बिग्रने हुँदा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । व्यापार व्यवसाय खस्केर जाने हुनाले आर्थिक अवस्था बिग्रनेछ । राजनीति तथा समाजसेवामा जनताको पक्षमा काम गर्न नसक्दा ईज्जत प्रतिष्ठामा कमी हुनेछ । बुवा वा बुवा सरहका मानिससँग विवाद हुनेछ । सरकारी सेवामा रहेर काम गर्नेहरुले विशेष ध्यान दिनुहोला । नोकरीमा आफ्नै कमजोरीले समस्या आउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । धर्म तथा धर्म विस्तारको लागी समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपााईंको भूमिका महत्वपूर्ण हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रशासनिक क्षेत्रमा तपाईंको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । व्यापार वा शेयरबजारमा आज गरिने लगानीबाट आम्दानी बढाउन सकिनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलीमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथीभाइहरु टाडिनेछन् । भौतिक सम्पत्ति प्रयोग गर्दा ख्याल गर्नुहोला, नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । आफन्त तथा दिदिबहिनीसँग साना कुरामा राय बाझिनेछ भने घमण्ड गर्ने बानीले आफैलाई समस्या पार्नेछ । र, पनि नसोचेको धन तथा सम्पत्ति प्रयोग गर्न पाइने हुँदा मन प्रशन्न रहनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।