काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्रलाई विभिन्न आरोप लगाउँदै चुरिफुरी नगर्न चेतावनी सहित दिएको अभिब्यक्तिले अहिले राजाबादी र लोकतन्त्रबादी बिचमा आरोपप्रत्यारोप चलिरहेको छ । हिजो शुक्रबार सिन्धुपाल्चोक पुगेका प्रचण्डले पूर्वराजालाई ’मूर्तिचोर’, ’तस्कर’ र भाइमाराको आरोप लगाउँदै चुरिफुरी नगर्न चेतावनी दिए । ’मूर्तिचोर को होरु नेपालका ठुल्ठूला मूर्ति चोरहरू अहिले राजारु भाइमारा को होरु आफ्नै वंश मासेर आएर धाक लगाउन मिल्छरु सुन तस्कर को होरु,’ भन्दै उनले अभिब्यक्ति दिए ।
उनको यो अभिब्यक्ति पनि राजाबादीहरु प्रचण्डप्रति रिसले चुर भएका छन । भने प्रचण्डमाथि पनि बिभिन्न गम्भिर आरोपहरु लगाउन थालेका छन । यसैक्रममा ब्यवसायि दुर्गा प्रसाईले पनि पत्रकार नै सम्मेलन गरेर प्रचण्ड माथि बिभिन्न आरोपहरु लगाएका छन भने कडा रुपमा उनी प्रस्तुत भएका छन । दुर्गा प्रसाईले भनेका छन तिम्रा बर्बराहटको अन्त्य छिट्टै हुनेछ १ गएको २५ गते पछि नेपालका राजनितिक दलका बिभिन्न नेताहरुबाट नेपालको राज सस्था र सदस्यहरुका बिषयमा अनावस्यक, अप्रमाणित र भ्रमपुर्ण अभिव्यक्ती दिदै आएको घाम जस्तै छर्लङ्ग छ । ति बर्बराउँदै हिड्नेहरुलाई कान, आँखा खोलेर प्रतिक्षा गर्न सुझाव पनि दिएका छन ।
भने उनले भनेका छन हिजो माओवादी अध्यक्ष प्रचण्डले राजालाई मूर्तीचोर, भाइमारा जस्ता विभिन्न आरोप लगाएपछि जवाफस्वरूप दूर्गा प्रसाईं भन्छन् ––––“अहिले प्रचण्डलाई के सनक चढेको हो रु उहाँलाई एउटा के भन्छु भने नि तपाईँ नजिक बसेर काम गरेको मान्छे हुँ म, १७५०० को रगतले लतपतिएको जनयुद्धको सम्पत्ति कहाँ लगेर हाल्नुभो तपाईँले रु ५० औं हजार मान्छे घाइते छन् त्यसको हिसाबकिताब कसले गर्ने रु तपाईँले आफ्ना छोराको हत्याको पत्ता लाउनुभो रु र दरबारहत्याकाण्ड कुरा निकाल्दै गर्दा ५ बर्षको कुरा गर्नुभो अहिले २० बर्षसम्म कसका भेडाबाख्रा हेर्न जानुभको थियो तपाईँहरू के हेरेर बस्नुभको थियो रु भन्दै प्रश्न पनि गरेका छन । राजतन्त्र पुनःस्थापनाको कुरा उठेसँगै गणतन्त्र समर्थक दलहरूले कडा प्रतिवाद जनाएका छन् । प्रमुख राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहलाई गद्दी फर्कने सपना नदेख्न चेतावनी दिँदै, जनता कुनै हालतमा सामन्ती व्यवस्थामा फर्कन नचाहने दाबी गरेका छन् । विशेषतः माओवादी केन्द्रले राजावादीहरूको सक्रियता देखेर आफ्नो मधेस केन्द्रित अभियानलाई केही समयका लागि स्थगन गरेको छ । गणतन्त्र पक्षधर दलहरू राजावादी गतिविधिहरूप्रति आक्रामक देखिएका छन् ।
राप्रपा र राप्रपा नेपालले राजतन्त्रको पक्षमा जनमत बढाउने प्रयास गरिरहेका छन् ।
तर, सत्ता पक्ष र प्रतिपक्षका नेताहरूले भने राजावादी गतिविधिप्रति असन्तोष प्रकट गरेका छन् । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलेरै पूर्वराजा शाह र राजावादी गतिविधिहरूको विरोध गरेका छन् ।