Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रचण्ड माथि रविन्द्र मिश्र पनि खनिए,देशमा राजासंस्था नआए गम्भिर दुर्घटनामा जाने खुलासा

प्रचण्ड माथि रविन्द्र मिश्र पनि खनिए,देशमा राजासंस्था नआए गम्भिर दुर्घटनामा जाने खुलासा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अब पनि राजसंस्थालाई निषेध गर्ने हो भने देश नसोचेको बाटोमा जाने भन्दै आक्रोश पोखेका छन । उनले ’ठूला पार्टीका ठूला नेताले राजसंस्थाबारे हिजो प्रचण्डले प्रयोग गरेजस्तो तुच्छ शब्दहरू प्रयोग गर्ने र अब पनि राजसंस्थालाई निषेध नै गर्न खज्ने हो भने देश नसोचेको बाटोमा जाने उनको भनाई छ । उनले आज आफनासामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् ।

नेपालको परिप्रेक्षमा’लोकतन्त्र’को विकल्प ’उन्नत लोकतन्त्र’ होइन,’उन्नत प्रजातन्त्र’ हो। ठुला पार्टीका ठूला नेताले राजसंस्थाबारे हिजो प्रचण्डले प्रयोग गरेजस्तो तुच्छ शब्दहरू प्रयोग गर्ने र अब पनि राजसंस्थालाई निषेध नै गर्न खज्ने हो भने देश नसोचेको बाटोमा जानेछ। भन्दै लेखेका छन । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ’भाइमारा’ र ’मूर्ति चोर’को संज्ञा दिँदै धेरै चुरीफुरी नगर्न चेतावनी दिएका थिए ।

हिज मात्रै प्रचण्डले सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका थिए । उनले ’२५० वर्षमा यो देशलाई राजा–महाराजाहरूले कहाँ पु¥याए भन्ने कुरा नबिर्सीएको बताउँदै नेपालका ठूला–ठूला मूर्ति चोरहरु,भाइमारा र बंश मास्नेले अहिले आएर धाक लगाउन नमिल्ने उनको भनाई छ ।