Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राप्रपाले प्रचण्डको फोटो जलायो

राप्रपाले प्रचण्डको फोटो जलायो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ताले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएका छन् । आज शनिवार हेटौँडामा आयोजित प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सचिव निराजन बम पतालाले रोस्टममै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटो जलाएका हुन् ।

शुक्रबार प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको विषयमा सिन्धु्पाल्चोकमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर राजावादी समर्थकहरु आक्रोशित देखिएका छन् । राप्रपाको उक्त कार्यक्रममा सयौँ बैंक लुटिएको, देशमा आतंङ्क र अशान्त बनाएको, १७ हजार मानिसको मुत्यु र लाखौँ जनताको दुःखको कारण नै प्रचण्ड भएको भन्दै उनले विरोध गर्दै तस्बिर जलाएको बताइएको छ । उनले रोस्टममा प्रचण्डको फोटो जलाइरहँदा संघीय सांसद तथा भौतिक पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंह प्रमुख अतिथिको रुपमा थिए। उनले पनि तस्बिर जलाउनबाट नरोकेर मौन समर्थन गरेको पाइएको छ ।

यता, जिल्लामा पूर्वप्रधानमन्त्रीको तस्बिर जलाइरहँदा जिल्ला प्रशासन कार्यालय र मकवानपुर प्रहरी भने बेखबर बनेको छ । यस घटनाको विषयमा आफूलाई भर्खरै मात्रै जानकारी आएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले जानकारी दिएकी छिन । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ’भाइमारा’ र ’मूर्ति चोर’को संज्ञा दिँदै धेरै चुरीफुरी नगर्न चेतावनी दिएका थिए । हिज मात्रै प्रचण्डले सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका थिए जसले गर्दा यतिबेला माओवादी सँग राप्रपा रुष्ट बनेको देखिन्छ । यसअघि ज्ञानेन्द्र शाही,रविन्द्र मिश्र लगायतका नेताहरुले असन्तुष्टि पोखिसकेका छन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अराजकता र पुनः हिंसामा धकेल्न खोजेको आरोप लगाएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रचण्डले भाइमारा, मूर्ति चोर र सुन तस्कर भएको आरोप लगाएपछि महामन्त्री राणाले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘माओवादी अध्यक्ष प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुनः देशलाई हिंसामा धकेल्न खोजेको प्रस्ट हुन्छ । यो परिस्थितिमा सम्पूर्ण देशभक्त र राजभक्तहरुमा यस्ता अराजक गतिविधिबाट प्रभावित नभई संयमतापूर्वक आफ्नो अभियान जारी राख्न उनले अनुरोध गरेका छन । पछिल्लो समयमा लोकतन्त्रवादी र राजावादी बिचमा आरोप प्रत्यारोप समेत जारी रहेको छ । लोकतन्त्रवादीहरुले पुर्वराजा ज्ञानेन्द्र शाहलाई चुरीफुरी नदेखाउन समेत चेतावनी दिदैँ हिड्ने गरेका छन ।