काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारको कामलाई लिएर आक्रोश व्यक्त गरेका छन । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारलाई विनाश काले विपरीत बुद्धि भन्दै टिप्पणी गरेका हुन् । उनले सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोश, सत्तारूढ पार्टीभित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्वहरूले सडक तताइरहेको संवेदनशील अवस्थामा अर्को दुस्कर्मको प्रयास गरेको भन्दै आलोचना गरेका छन ।
’पूर्व विशिष्टलाई आजिवन सुविधा’ दिने सरकारको तयारी भन्ने विषयको चौतर्फी विरोध भइरहेको छ । सोही समयमा कोइरालाले यस्ता कामले व्यवस्था र पार्टीको हित नगर्ने भन्दै सरकारले यस्ता काम अघि नबढाएर दिइएको सुविधा पनि घटाउन आग्रह गरेका छन् । उनले लेखेका छन्, ’विनाश काले विपरीत बुद्धिः सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोश, सत्तारूढ पार्टीभित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्वहरूले सडक तताइरहेको संवेदनशील अवस्थामा अर्को दुस्कर्मको प्रयासः पूर्व विशिष्टलाई आजिवन सुविधा। यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन । सरकार, यस्ता काम अघि नबढाउ बरू दिइएको सुविधा पनि घटाउ भन्दै लेखेका छन । यता सरकारले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कानुन बनाउन लागेको छ ।
विकास निर्माण र सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन नसकेको भनेर आलोचना भइरहेकै बेला सरकार भने पूर्वविशिष्ट पदाधिकारीलाई राज्य ढुकुटीबाट ‘कुस्त सुविधा’ दिने कानुन बनाउन अग्रसर भएको छ जसले गर्दा यतिबेला चौतर्फी आलोचना भैरहेको छ ।
पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्षलाई आजीवन मासिक भत्ता, घर भाडा÷घर मर्मत खर्च, सवारीसाधन, सचिवालयमा कर्मचारी र सहयोगी राख्नेसहितका आजीवन सुविधा दिने गरी कानुनको मस्यौदा बनाउँदै छ ।