Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

छोरी मान्छे अनि यो समाज : सुस्मिता फुयाल

छोरी मान्छे अनि यो समाज : सुस्मिता फुयाल

छोरी मान्छे अनि यो समाज तपाइँ आफै पनि कल्पना गर्नुस त ,कति फरक छ छोरा र छोरीलाई गरिने ब्यबार , एउटा घरमा अझै पनि छोरा नजन्मिएसम्म सन्तानको रहर पुरा हुदैन । छोरी पनि छोरा सरह हुन उनीहरुले पनि अवसर पाएभने छोरासरह प्रगति गर्न सक्छन .छोरा नभए बंस चल्दैन,मर्दा,पर्दा चाहिने छोरा नै हुन् छोरी भनेको पराइघर जाने जात हो ,उनीहरु कमजोर हुन्छन जस्ता भ्रमहरुले गर्दा छोरी मान्छेलाइ पछाडी पारेको छ .छोरी मान्छे सब्द नै आफैमा एउटा आरोपित शबद बनेको छ । जब परिवारमा छोरी जन्मिन्छे त्यसपछि उ आरिपितहुन् सुरु हुन्छे .यो भएन त्यो भएन,यदी उ खुलेर बोल्न खोज्छे तब उसलाई अनुसासन नभएकी ,सस्कार नजानेकी भन्न थाल्छ यो समाज । छोरा को पछी किन मरिहत्ते गर्छन मान्छे ?उदाहरणका लागि हेर्नुस अझै पनि छोरालाइ बोर्डिंङ्गस्कुल र छोरीलाइ सरकारी मा पढाइन्छ .छोरालाइ पसलको म.म ,चौमिंन उसको इच्छा अनुसारको खाजा तयार हुन्छ भने छोरिकोलागी बिहानको बासीभात राखिन्छ । दुइओटै आफ्नै कोखबाट जन्मिएका सन्तानमा किन यस्तो विभेद ?

आफ्ना रहर ,सपनाहरु पुरा गर्न नपाउने ,छोराले डाक्टर पढ्छु भन्यो भने घर,खेत धितो राखेर छोराको सपना पुरा गर्दिन्छन तर तेइ घरकी छोरीले म नर्स बन्छु भन्दा हौसला र परिवार को साथ पाउनुपर्ने ठाउमा गालि,र तिरस्कार पाउछे । ढुक्क भएर काम गर्न पाउदिन . दाजुभाई ,र बाउआमा को अर्डरमा बसेर काम गर्नुपर्छ । दाजु सथिसंग मस्ति गरेर रातको १२ बजे घर औउछ कसैले केहि भन्ने हिम्मत राख्दैन तर बहिनि ७ बजे भन्दा पछी घरमा आइभने अनुसन्धान सुरुहुन्छ र उसले प्रमाणित गर्न सकिन भने स्थिति कहासम्म पुग्छ थाहाछैन । छोरा मान्छेमा भन्दा बडी कला ,गुड ,तेजिलो दिमाख ,र लगनसिलता हुदा पनि पछीपरिरहेका छन् । जसोतसो १२ पास गरेपछि घरमा बेहिको कुरा सुरुहुन्छ ,आलिक सम्पति भाको ,बिदेस गएर ४,५ लाख पैसा कमाएको हुनुपर्छ अखाचिम्लेर दिन्छन छोरी हात । मतलब हुदैन छोरीलाई मनपर्छ पर्दैन ?उसलाई नसोधिकनै बिबाहको तयारी हुन्छ र बेहे पनि हुन्छ ।

एकचोटी नदेखेको ,नबोलेको मान्छेसँग जिबंसाथि बनिनुपर्छ ।यो भन्दा ठुलो डर के हुन्छ एउटा नारीलाई ?बिहेपछि घरपरिवार ,श्रीमान् ,तेस्पछी सन्तान जिन्दगि गयो अब ,केहि गर्छु भन्ने आट त् आउने वातवरण नै हुदैन। तर छोराले आफ्नो इछ्याअनुसार आफ्नोकाम गर्न पाउछ,सोचेजस्ती श्रीमती बिहे गर्नसक्छ । आखिर कहिलेसम्म एस्तो बिबेध हाम्रो समाजमा ?छोरी मान्छे सधै सिर झुकाएरनै हिड्नुपर्छ ,धेरै बोल्नु हुदैन अरुको अगाडी सोझी बनिनुपर्छ यस्ताकुराहरुले रोकेर राख्छ .सबैभन्दा धेरै समस्याको सामना गर्नुपर्नी छोरी मान्छे तर उ नै आज समाजको दोस्रो दर्जामा गनिन्न्छे। आजभोली चै अलिअलि म पनि अगाडी आउछु ,मैले पनि छोराले झैँ गरेर देखाउछु भन्ने छोरीहरु समाजमा देखिन थालेकाछन ।छोरीलाई जन्मदिने आमा आफै डराएकि हुन्छिन,कतै छोरि बिग्रिंन्छे कि?बाउबाजेको इज्जत फाल्ने काम गर्छेकि ?आफ्नो परिवार लाइ बिस्वास छैन छोरी ले छोरासरह गर्न सक्छे भन्ने तब समाज ले कसरि गर्छ ?

जबसम्म एउटा घरमा छोरीजन्मिएपछि छोरा खोजेर अर्को सन्तान जन्माउने सोचको अन्त्य हुदैन तबसम्म छोरा र छोरीको विभेद अन्त्य हुदैन .तेसैले सोच बदलौ समाज र समाजमा जन्मिने छोरीहरुको जिन्दगि पनि बदलिन्छ ।