Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालमा राजा संस्था ढाल्नुमा भारतको हात ! पूर्वराजदूत रञ्जित रे ले गरे गम्भिर खुलासा

नेपालमा राजा संस्था ढाल्नुमा भारतको हात ! पूर्वराजदूत रञ्जित रे ले गरे गम्भिर खुलासा

काठमाडौँ । नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेले नेपालमा कुनै पनि हालतमा राजा आउन नहुने बताएका छन । उनले नेपालमा राजा आउनु नै भारतको लागि समेत दुभाग्य रहने समेत जिकिर गरेका छन । तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई आफूहरूले समर्थन गर्न नसक्नुको कारण बारे पनि उनले खुलासा गरेका हुन । इन्डिया टिभीको ‘कफी पर कुरुक्षेत्र’ नामक टक शोमा नेपाल फेरि हिन्दु राष्ट्र बन्ला भन्ने बहसमा भाग लिँदै उनले राजसंस्थासँग भारतको विगतमा राम्रो सम्बन्ध नरहेको स्मरण गरेका छन । रे सँगै अन्य २ जना पनि उक्त कार्यक्रममा सहभागी भएका देखिन्छन ।

नेपाल आएका भारतीय राजदूतहरूमध्ये सर्वाधिक चर्चित र विवादितमा पर्छन् रे । भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा उनी राजदूत थिए । उनी नेपाली राजनीतिभित्र घुसेर अनेक चलखेलहरू गर्ने गर्थे । नेपालको राजनीतिमा भारतीय हस्तक्षेप निकै रहने गरेको छ । विभिन्न समयमा नेपालमा भएका जतिपनि राजनीतिक उथलपुथल रहेका छन जसमा भारतको प्रत्यक्ष संलग्नता रहेको पाइन्छ । उनले तत्कालीन राजा ज्ञानेन्द्र संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको सिद्धान्तमाथि प्रहार गर्दै सक्रिय भएकाले आफूहरूले उनलाई साथ दिन नसकेको बताए ।‘भारतले नेपालका तत्कालीन दुई पिलर संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई आत्मसात गरेको थियो । तर तत्कालीन राजा ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिए । यसका विरुद्ध लाखौं जनता सडकमा उत्रिए । हामी जनताको सोही भावनालाई साथ दिएका हौँ,’ उनले भने । तत्कालीन राजा ज्ञानेन्द्रकै कदमका कारण नेपालमा गणतन्त्र आएको पूर्वराजदूत रेले प्रष्ट्याएका छन ।

यस्तै उनले उनले भने, ‘राजा ज्ञानेन्द्र आफ्नो पिता महेन्द्रले जस्तै तानाशाही राजतन्त्र ल्याउन चाहन्थे । संवैधानिक नभएर कार्यकारी राजतन्त्रको लोभ पालेका थिए । एक पटक उनले निरंकुश सत्ताको अभ्यास गर्न खोजे । तर, माओवादी र राजनीतिक दल एकबद्ध भएर राजालाई हटाइदिए । २००६ मा राजा र दलहरुबीच सम्झौता भएको थियो । २००८ मा औपचारिकरुपले हटाइयो । त्यसबेला नेपालमा ठूलो आन्दोलन भएको थियो ।’ रेपछि अर्का अतिथि प्रदीप सिंहले केही ऐतिहासिक प्रसंग निकाल्दै । विगतमा नेपाल हिन्दू राष्ट्र रहेको तत्कालीन भारतीय प्रधानमन्त्री नेहरुलाई मन नपरेको उनले बताएका छन । राजपरिवारले भारतसँग निकट हुन नसकेपछि चीनतिर फर्किएको उनको भनाइ थियो । सिंहले नेपालमा भएको माओवादी आन्दोलन भारतले गराइदिएको पनि दाबी गरेका थिए ।

उनले भने, ‘माओवादी आन्दोलनमा भारतीय खुफिया एजेन्सी रअको ठूलो योगदान छ । भारतले यो आन्दोलन चलाएको थियो ।’ अन्तरवार्ताकारले छक्क पर्दै सोध्छन्, ‘भारतले माओवादी आन्दोलन चलाएको हो ?’ सिंहले जवाफ दिए, ‘बिलकुल हो । माओवादी नेताहरूले भारतमै आश्रय लिएका थिए । सिताराम यचुरी माओवादीका सबैभन्दा ठूला सल्लाहकार थिए ।’ उनले भनेका छन । हालका प्रधानमन्त्री केपी शर्मा ओली चीनको काखैमा बसेको टिप्पणीसमेत सिंहले गरे । आज नेपाल भारत भन्दा चीनसँग नजिक रहेको उनको दाबी थियो । पूर्वराजदूत रेले भने ऐतिहासिक रूपमा नै राजसंस्थासँग भारतको राम्रो सम्बन्ध नरहेको बताए ।