पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोसहित सडकमा आएका प्रदीपविक्रम राणा गोरखपुर पुगेको खुलेको छ । उनले भारतीय सञ्चारमाध्यम ‘नवभारत टाइम्स’सँग कुरा गर्दै आफूलाई नेपाल प्रहरीले खोजी गरिरहेकोले भारत आएको बताएका छन् । आफूलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएकै कारण भारतमा शरण लिनुपरेको उनको तर्क छ ।५८ वर्षीय काठमाडौंका बासिन्दा उनी भागेर यही मंगलबार गोरखपुर पुगेको भन्दै नवभारत टाइम्सले अनलाइन संस्करणमा लामो समाचार छापेको छ ।
यता आदित्यनाथको फोटो राख्ने प्रदिप विक्रम राणा र एमाले बाट निर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरे रहेको राप्रपा नेता ज्ञानेन्द्र शाहीले बताएका छन । केही दिन देखि यहीँ बिषयलाई लिएर राप्रपा नेता र एमालेका नेता बिचमा आरोप प्रत्यारोप जारी रहेको छ । शाहीले आज आफनो सामाजिक सञ्जाल फेसबुकमा मार्फत यस्तो बताएका हुन । केही दिन अघि उक्त कार्यक्रममा आदित्यनाथको फोटो राख्न लगाएको भन्दै के पी ओली र उनका सल्लाहाकार बिस्नु रिमाल माथि आरोप लगाएका थिए जसले गर्दा उनीहरु बिचमा आरोप प्रत्यारोप जारी देखिन्छ ।
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग भएको विषयलाई लिएर दुई नेताबिच सुरु भएको सञ्जाले युद्ध अहिले सम्म पनि रोकिएको छैन । रिमालले शाहीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत काँक्रा आफूले चोरेर खाने र बियाँ अरूको गालामा टाँस्ने प्रवृत्तिका रूपमा शाहीलाई टिप्पणी गरेका थिए । रिमालले शाहीको भनाइलाई काउन्टर दिएपछि शाहीले वडा अध्यक्षको तयारी गर्न भन्दै रिमाललाई सुझाव दिएका छन् । यता पूर्वराजा शाह एक महिना लामो पोखरा बसाइपछि काठमाडौं फर्किने क्रममा स्वागतका लागि त्रिभुवन विमानस्थलसम्म पुगेको पनि राणाले खुलाएका छन् । योगीले हिन्दु र हिन्दुत्वका लागि लगातार संघर्ष गर्दै आएका ले आफुलाई मन पर्ने उनको भनाई छ ।
गोरखपुर पुगे पनि आफूले आजसम्म योगी आदित्यनाथलाई भेट्न नपाएको बताएका छन् । उनले आफूसहितका सर्वसाधारण नेपाललाई हिन्दुराष्ट्र कायम गर्नेपर्ने पक्षमा लामो समयदेखि संघर्षमा रहेको पनि बताएका छन् । प्रदीपविक्रमसहितका राजावादीहरूले फागुन २५ मा पूर्वराजा ज्ञानेन्द्रको ठूलो फोटोसँगै भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोसमेत बनाएर जुलुसमा बोकेका थिए । गत आईतबार राप्रपाले शक्ति प्रदर्शन पनि गरेको थियो । जस्मा १५ –२० हजार सहभागी भएका थिए । पछिल्लो समय राप्रपाले राजा फर्काउ र हिन्दुराष्ट्र कायम गर्न भन्दै प्रदर्शन तथा र्याली गर्दै आएको