Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दै

संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल र हितराज पाण्डेबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ पेस गरिने कार्यसूची छ ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत हुनेछ । ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक २०८१ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू प्रभु साह, प्रकाश ज्वाला र प्रेम सुवालबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ पेस गरिनेछ ।

यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक २०८१’ प्रस्तुत गर्ने छन् ।सभामा ‘निजीकरण ९पहिलो संशोधन० विधेयक २०८१ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू प्रभु साह, मेटमणि चौधरी, प्रेम सुवाल, छिरिङ ल्हामु लामा ९तामाङ० र माधव सापकोटाबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गरिने कार्यक्रम छ ।

यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘निजीकरण ९पहिलो संशोधन० विधेयक २०८१ प्रस्तुत गर्ने छन् ।