काठमाडौँ । यति बेला सामाजिक सञ्जालमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही र नेकपा (एमाले)का उपमासचिव तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालबीच जुहारी चलिरहेको छ । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग भएको विषयलाई लिएर दुई नेताबिच सुरु भएको सञ्जाले युद्ध अहिले सम्म पनि रोकिएको छैन । शाहीले यस्तो लेखेपछि रिमालले शाहीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत काँक्रा आफूले चोरेर खाने र बियाँ अरूको गालामा टाँस्ने प्रवृत्तिका रूपमा शाहीलाई टिप्पणी गरेका थिए ।
रिमालले शाहीको भनाइलाई काउन्टर दिएपछि शाहीले वडा अध्यक्षको तयारी गर्न भन्दै रिमाललाई सुझाव दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराएर रिमाललाई वडाध्यक्षको तयारी गर्न सुझाव दिएका हुन्। उनले लेखेका छन, आदरणीय भनौ भने कसरी भनौँ तपाईंका शब्द सुन्दा आदरणीय भन्ने शब्द नै बेकार भएछ प्रधानमन्त्रीको प्रमुख सल्लाहकारले लोकतन्त्रको स्याल हुयाँ दिन बन्द गर्नुहोस ।अर्को कुरा जुन लोकतन्त्रको कुरा गरिराख्नुभएको छ के प्रधानमन्त्री केपी शर्मा ओलीज्युलाई प्रत्यक्ष जनताले चुनेका हुन् ? के महामहिम राष्ट्रपति प्रत्यक्ष जनताले चुनेका हुन् ? । लोकतन्त्र त तपाईँहरू जस्ता अलोकतान्त्रिक व्यक्तिहरुलाई लुटी खाने भाँडो भयो लुटतन्त्र मच्चाउने धन्दा भयो। यदि दम र हिम्मत छ भने प्रधानमन्त्री केपी शर्मा ओलीज्युलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराउनुस्। र तपाईं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालज्यू वडा अध्यक्षको तयारी गर्नुस्।भन्दै लेखेका छन ।
यसअघि शाहीले हिजो सामाजिक सञ्जालमा लेख्दै भनेका थिए, ’हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयं प्रधानमन्त्री केपी ओलीज्युको निर्देशनमा प्रधानमन्त्री ज्युका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ।’
त्यसको काउन्टरमा रिमालले सामाजिक सञ्जालमै लेख्दै डिसइन्फरमेसनको सहारामा एक्कासी मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाइने भ्रम यस्तै भएको बताएका थिए। उनले लेखेका थिए, ’यी मानिस कति द्वीविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५–५ चोटी एडिट गरेको हिस्ट्रीले आफैँ बताउँछ। मलाई यस्ता नालायकहरूसँग सवालरजवाफ गर्नु छैन। कसले कहाँ के गर्दैछ, समाचार त आएकै छ नि!’
सो पश्चात् रिमालले आज सामाजिक सञ्जाल फेसबुकबाटै हिजो एउटा मिथ्या सूचनाको खण्डन गर्ने क्रममा मर्यादित स्थानमा ‘भवितव्य’ले पुगेका, डिस इन्फरमेशन फैलाउने एक जना ‘अयोग्य, अराजक, अशिष्ट–अराष्ट्रिय तत्व’को आलोचना गरेको बताउँदै शाहीप्रति कटाक्ष गर्दै लेखेका थिए, ’हामी मध्ये धेरैलाई लाग्न सक्छ, ती व्यक्ति हामीले नै बसालेको लोकतान्त्रिक प्रणालीबाट जनताले छानेका मानिस हैनन् र ? जनप्रतिनिधिमाथि यस्तो टीप्पणी सुहाउँछ?’भन्दै लेखेका छन ।