Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पुर्वराजा ज्ञानेन्द्र शाह प्रति जनलहर बढ्यो,नेता लखेटिने डर

पुर्वराजा ज्ञानेन्द्र शाह प्रति जनलहर बढ्यो,नेता लखेटिने डर

काठमाडौँ । पुर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले काठमाडौँमा प्रर्दशन गरेपछि यसको राप निकै परसम्म जाने अनुमान रहेको छ । जनताको आक्रोश व्यवस्था प्रति नभई अहिलेका नेताहरु सँग रहेको कुरा प्रस्टै बुझन सकिन्छ । २ तिहाइको सरकारले झन बढी जनताहरुलाई निराश पारेको छ,जसले गर्दा पनि राजाबादीहरुलाई समर्थन गर्नेको संख्या बढेको देखिन्छ । यतिबेला जनताहरु बाट नै नेता असुरक्षि बन्दै गएका छन । देशका शिर्षनेताहरु बिरुद्ध यतिबेला मुर्दाबादको नारा लाग्नुका साथै उनीहरु लखेटिने समेत गरेका छन ।

केही दिन अघि के पी शर्मा ओली लखेटिएका थिए भने केही महिना अघि सुर्य थापा लखेटिएका थिए । राजधानी काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतार्थ देखिएको भीडले गणतन्त्रवादी दलहरूलाई ठूलै धक्का दिएको छ । राष्ट्रिय झण्डा र बाजागाजासहित शाहको अभिनन्दनमा उर्लिएको जनसागरले विमानस्थलदेखि निर्मल निवाससम्म जयजयकारको नाराले गुञ्जिदा गणतन्त्रका हिमायतीहरूलाई एक पटक सोच्न बाध्य बनाएको छ । गणतन्त्रप्रति नागरिकको बढ्दो असन्तुष्टिको परिणाम सडकमा स्पष्ट देखियो । जनताले विश्वास गरेर देश बनाउलान् भन्ने आशाले गणतन्त्र पक्षधर दललाई देशको चाबी थमाइदिए पनि चरम भ्रष्टाचार र बेथिति मौलाउँदा यो परिस्थिति आएको प्रदर्शनकारीहरुको बुझाई छ । विगतमा दरबारको पाउ मोल्नेहरू नै सत्ताको नेतृत्वमा पुग्दा उनीहरूमा पनि दरबारिया प्रवृत्ति हाबी भएको बुझाइ रहेको छ ।

 

हिजो राजालाई लागेको भ्रष्टको आरोप अहिले गणतन्त्रवादीहरुमाथि नै आइलागेको छ । नागरिकको नजरमा उनी गिरेको अवस्था थियो आज नेताहरुप्रति नागरिक निराशा चरम रहेको छ । यतिबेला राजावादीहरु सक्रिय बन्दा देशको राजनिती नै तातेको छ । राजावादी पार्टी,व्यक्ति र संस्थाहरु यतिबेला सक्रिय बन्दै गएका छन । यसले गर्दा देशको पूर्वी क्षेत्र र मधेसका केही स्थानमा त्यसको नयाँ स्वरुप देखिन सक्ने अनुमान छ । यस्ता असंगठित विद्रोह संगठित हुने अवस्था आयो भने त्यो अझ जोखिमपूर्ण हुन सक्छ ।

करिब एक महिना पोखरा बसाइ सकेर काठमाडौं फिर्दै गरेका शाहको स्वागतका नाममा काठमाडौंमा प्रदर्शन भएको थियो । अति संवदेनशील क्षेत्र मानिएको विमानस्थल परिसरबाटै हजारौँको संख्याका समर्थकले नाराबाजी गर्दै निर्मल निवास पु¥याएका थिए । निर्मल निवास शाह र उनको परिवारलाई बस्नका लागि सरकारले दिएको आवास हो । केही समूहले आइतबार नै नारायणहिटी दरबार प्रवेश गराउने प्रचार गर्दैै आम नागरिकलाई सहभागी हुन अपील गरेका थिए । जस अनुसार उनलाई स्वागत गर्न १५,२० हजार पुगेका थिए । पूर्वराजाले गरेको शक्ति प्रदर्शन नेताहरुका लागि चुनौती भने हुन सक्ने आकलन गरिएको छ ।