Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रतिनिधि सभाको बैठकमा कुर्सी भाँचिदा एमालेकी सांसद उर्मीला थेबे लडिन्

प्रतिनिधि सभाको बैठकमा कुर्सी भाँचिदा एमालेकी सांसद उर्मीला थेबे लडिन्

काठमाडौँ । आजको प्रतिनिधि सभाको बैठकमा कुर्सी भाँचिदा सत्तारूढ नेकपा (एमाले)की सांसद लडेकी छन् ।  प्रतिनिधिसभा बैठकमा सांसद गगन थापा बोल्दै गर्दा कुर्सी भाचिँएपछि सांसद उर्मीला थेबे लडेकी हुन् ।  सांसद थापा बोल्दै गर्दा उनी केहबेर रोकिएका थिए ।

सभामुख देवराज घिमिरे थापातिरै हेरेको प्रत्यक्ष प्रसारणमा देखिएको थियो । सो समयमा सांसद थेबे लडेको संसद सचिवालयले जनाएको छ । कुर्सी भाँचिएर लडेकी सांसदलाई अन्य सांसदहरुले बैठक कक्षबाट बाहिर निकालेका थिए भने उनको अवस्था सामान्य नै रहेको सचिवालयले जनाएको छ । आज मात्रै हैन संसदका कुसीहरु पटक पटक भाँचिने गरेका छन ।