काठमाडौँ । प्रतिगामी शक्तिविरुद्ध समाजवादी मोर्चाले संयुक्त प्रदर्शन गर्नेबारे आज निर्णय लिने भएके छ । हिजो माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको मोर्चाको अनौपचारिक छलफलले मङ्गलवार ४ बजे बस्ने बैठकले आन्दोलनको घोषणा गर्ने निर्णय गरेको थियो ।
मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौँ उपत्यका बाहिर भएकाले हिजो ठोस निर्णय नभएको कार्यदल सदस्य तथा नेपाल समाजवादी पार्टी नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिएका छन ।
अनौपचारिक छलफलमा केपी शर्मा ओली सरकारको रवैयाका कारण राजावादीले नकारात्मक फाइदा लिइराखेको बारे छलफल भएको श्रेष्ठले जानकारी दिए ।
हिजो बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतालाई गम्भीरताका साथ लिँदै त्यसको प्रतिरोध गर्ने निर्णय गरेको थियो ।