Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राजावादीको सक्रियताले झस्कायो नेपालका प्रमुख नेताहरुलाई,छिट्टै देउवा,प्रचण्ड र ओली बिच भेटवार्ताको तयारी

राजावादीको सक्रियताले झस्कायो नेपालका प्रमुख नेताहरुलाई,छिट्टै देउवा,प्रचण्ड र ओली बिच भेटवार्ताको तयारी

काठमाडौँ । राजावादीहरुको सक्रियताले यतिबेला देशमा भएका शिर्षनेताहरु डराइरहेका बेला उनीहरुले पनि मोर्चाबन्दीको गृहकार्य थालेका छन । राजावादीलाई काउन्टर दिने तयारी, ओली–देउवा–दाहालबीच भेटवार्ताको तयारी समेत रहेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र दाहालबीच पनि फोन सम्वाद भएको बताईएको छ । तर, यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन् । दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि पछिल्लो राजनीतिक विषयमा फोनसम्वाद भएको बताईन्छ । स्रोतका अनुसार आज÷भोलिभित्रै प्रमुख तीन दलका नेतृत्वबीच भेटवार्ताको तयारी रहेको छ । कांग्रेस, एमाले र माओवादीले मिलेर व्यवस्थाको पक्षमा प्रदर्शन गर्नेसम्मको तयारी गरिएको उच्च स्रोतको दाबी छ । पछिल्लो समयमा राजावादीहरु हौसिएका छन,जसले गर्दा गणतन्त्रवादीहरुको सातो गएको छ । हिज मात्रै राप्रपाले काठमाडौँमा प्रर्दशन गरिसकेको छ ।

 

खासगरी जनतासँग माओवादी अभियान लिएर तराई÷मधेश झरेका विपक्षी दलका नेता पुष्पकमल दाहाल अभियान बीचमै रोकेर काठमाडौं फर्किएपछि गणतन्त्रवादीहरुबीच मोर्चाबन्दीको प्रयास भएको हो । झापाबाट सुरु भएको अभियान मधेशको रौतहट पुगेपछि दाहालले अभियान बीचमै रोकेर गणतन्त्रमाथि प्रहार हुन थालेकोले विशेष कदम चाल्नुपर्ने आवश्यकत्ता औंल्याएका हुन् । उनी काठमाडौं फर्किनेबित्तिकै समसामयिक राजनीतिबारे विश्लेषण गरेका छन् । पदाधिकारी बैठक राखेर दाहालले गणतान्त्रिक व्यवस्थामाथि प्रहार हुन थालेको भन्दै एकजुट भएर प्रतिकार गर्नुपर्ने निश्कर्ष निकालेका छन् ।

प्रधानमन्त्री ओली हिज सुदुरपश्चिम पुगेका थिए भने कांग्रेस सभापति देउवापनि पार्टीको कार्यक्रममा सरिक हुन धनगढी नै पुगेका थिए । दुवै नेता आजै काठमाडौं फर्किसकेका छन । अब दाहालसहितका शीर्ष नेताहरुसँग छलफल गर्ने बुझिएको छ । राजावादीहरुले व्यवस्थामाथि नै चूनौति दिन थालेको भन्दै यस विषयमा साझा रणनीति अख्तियार गर्ने र सडकमा ओर्लिएका राजावादीहरुलाई सडकबाटै एकमुष्ट जवाफ दिनेगरि संसद्का ठूला दलका प्रमुख नेताहरुले तयारी थालेका छन् । सडकमा राजतन्त्रबादी र गणतन्त्रबादी बिचमा भिड्न्त हुने पक्का देखिएको छ । पछिल्लो समयमा तातेको नेपालको राजनीतिले यी २ बिचमा भिडन्त गराउँने पक्कापक्की जस्तै भएको हो ।

 

पुर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिले तातेको राजनिती तत्काल सेलाउँने संकेत देखिएको छैन । पछिल्लो समयमा राजावादीहरुले प्रर्दशन गदैँ गर्दा यता काठमाडौंमा गणतन्त्रवादीहरूले पनि प्रदर्शन गर्ने तयारी गरेको बुझिएको छ । यसका लागि आन्तरिक छलफल चलिरहेको माओवादीका केही नेताले बताएका छन । पछिल्लो समयमा राजाको अभिव्यक्तिपति गणतन्त्रको जग नै हल्लिएको कतिपयको आशंका समेत रहेको छ ।