Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगे,भव्य स्वागत

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगे,भव्य स्वागत

काठमाडौँ । केही समय अघि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन। पोखराबाट आइतबार अपरान्ह उनी त्रिभुवन विमानस्थल आइपुगेका हुन् । विमानस्थलको द्वारमा उनका समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन् ।

पूर्वराजालाई स्वागत गर्न दिउँसो देखि नै राजावादी विभिन्न स्थानमा भेला भएर र्‍यालीसहित विमानस्थलको द्वारसम्म पुगेका थिए । विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गरेका थिए ।