काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीको सुर्खेत जिल्लामा बिरोध भएको छ । ओली सुर्खेत आउँदा सडक खाली गराएर दुःख दिने काम भएको भन्दै विरोध भएको बताइएको छ । पछिल्लो समयमा के पी शर्मा ओली जहाँ जान्छन त्यहाँ उनको निकै बिरोध हुने गरेको छ ।
उनी खासै अहिले सार्वजनिक कार्यक्रममा समेत जान गरेकचा छैनन । ओलीको अहिले सडक देखि संञ्जाल र संसद सम्म हुने गरेको छ । पछिल्ल्नो समयमा ओलीको कार्यशैली प्रति धेरैको असन्तुष्टि रहेको देखिन्छ । आज शुक्रबार ओली सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सडक खाली गराइएको थियो । करिब २० मिनेट यातायात बन्दका साथै बाटो हिँड्ने यात्रुलाई समेत कडाइ गरिएको स्थानीयले बताएका छन । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन, रंगशाला अवलोकन लगायतका कार्यक्रम तय गरेर उनी शुक्रबार सुर्खेत पुगेका हुन् ।
गणतन्त्रमा पनि प्रधानमन्त्री आएकै कारण सडक खाली गराउने काम गलत भएको भन्दै विरोधमा सवारी चालकहरूले हर्न बजाएर विरोध गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले अहिले अवस्था सामान्य रहेको बताएका छन । यतिबेला ओलीको चतौर्फी बिरोध हुने गरेको छ । उनलाई सार्वजनिक कार्यक्रमम जहाँ देख्यो त्यहीँ के पी चोर देश छोड भन्ने नारा लाग्ने गरेको छ । २ तिहाइको सरकार हाँकिरहेका ओलीलाई यतिबेला जनता बाटै जोगिन समेत गाह्रो पर्ने भएको छ । केही दिन अघि के पी ओली कपमा समेत उनी बिरुद्ध नाराबाजी गरेको भन्दै उनका कार्यकर्ताले दर्शक कुटेका थिए ।