काठमाडौँ । प्रधानमन्त्री केपि शर्मा ओलीलाई प्रश्न गरेकै भरमा पत्रकार किशोर श्रेष्ठ र प्रकाश वलीको प्रेस पास नै निलम्बनमा परको छ । संघीय संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भन्दै उनीहरूले प्राप्त गरेका संसद प्रवेश पास निलम्बन गरेको हो ।
महासचिव स्तरीय निर्णयबाट पत्रकारद्वय प्रकाश वली र र किशोरकुमार श्रेष्ठको संसद प्रवेश पास निलम्बन गरिएको हो । सचिवालयको महासचिवस्तरीय निर्णयबाट ’सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिना संसद भवन प्रवेशमा रोक लगाएको छ। ती पत्रकारहरूले संसद भवन परिसरभित्र देखाएको व्यवहार र शैलीले संसदीय मर्यादा र अनुशासनको उल्लङ्घन भएको देखिएको सचिवालयको भनाइ छ। पत्रकार आचारसंहिता २०७३ अनुसार पत्रकार तथा सञ्चारमाध्यमले वस्तुनिष्ठ, स्वच्छ, मर्यादित र पत्रकारिता गर्नुपर्ने, सार्वजनिक शिष्टाचार र नैतिकता प्रतिकूल हुने सामग्री उत्पार्दन, प्रकाशन र वितरण गर्न नहुने उल्लेख रहे पनि श्रेष्ठ र वलीले पत्रकारिताका आधारभूत मूल्यमान्यता विपरित अमर्यादित शब्द प्रयोग गरी प्रधानमन्त्रीलाई तानाशाह र हिटलर जस्ता विशेषण प्रयोग गरेको सचिवालयको भनाइ छ। इता ती पत्रकारहरूलाई मिडिया सेन्टरसम्म जानका लागि दिइएको पास फिर्ता गर्न सचिवालयले बुधबारसम्मको समय दिएको छ। इता पत्रकार किशोर श्रेष्ठले आफनो संसदको पास निलम्बनका बिषयमा आफनो सामाजिक सञ्जालमा लेखेका छन धन्यवाद सरकार ,तपाईहरुले ज्यानको बाजी थापेर ल्याएको यो ब्यवस्थामा यस्तो महत्वपूर्ण उपहार दिनुभएकोमा ।
सत्तारूढ नेकपा ९एमाले० का सांसद सूर्य थापाले पत्रकारहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्दा प्रयोग गरेका शब्दबारे संसदको ध्यानाकर्षण गराएका थिए। संसद सचिवालयले पत्रकारलाई रिर्पोटिङका लागि प्रवेश पास उपलब्ध गराउने गर्दछ । सोही प्रवेश पास महासचिव स्तरीय निर्णयबाट निलम्बन गरिएको हो ।‘सांसदलाई सोधिने प्रश्नमा गालीगलौज तथा पेड मिडियाको भूमिका खेल्ने गरी कसैद्वारा परिचालित ढंगले आरोपित गर्ने गरी प्रश्न गर्न पाइन्छ कि पाँइदैन,’ थापाले सोधे, ‘संसद सचिवालयको अनुमतिले रिपोर्टिङमा आएको मिडियाको साथीहरूले संविधान, कानुन, पत्रकार आचारसंहिता, सामाजिक शिष्टाचार यी कुरालाई ध्यान नदिई गैरजिम्मेवार प्रश्न सोध्न मिल्छ कि मिल्दैनरु’त्यसपछि संघीय संसद सचिवालयले प्रधानमन्त्रीलाई त्यसरी प्रश्न सोध्ने युट्युबर को हो भनेर खोजेको थियो। सचिवालयले तानाशाह भन्ने युवा मन नेपालका श्रेष्ठ र हिटलर भन्ने सुनौलो नेपालका प्रकाश ओली रहेको पत्ता लगाएर उनीहरूलाई एक महिना संसद प्रवेशमा रोक लगाएको हो। श्रेष्ठ मोरङ उर्लाबारी वडा नम्बर ६ मा का श्रेष्ठ २०७९ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाटै वडा सदस्यको उम्मेदवार थिए।
श्रेष्ठले उर्लाबारी वडा नं ६ को वडा सदस्य पदमा ६ सय ३३ मत ल्याएका थिए। निर्वाचन भने १ हजार ९ मत ल्याएर कांग्रेसका बमबहादुर श्रेष्ठले जितेका थिए। प्रकाश ओली पनि एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको लुम्बिनी प्रदेश कमिटी सदस्य रहेको खुलेको संघीय संसद सचिवालय स्रोतले जानकारी दिएको छ।