Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौँका मेयरलाई एमालेका मन्त्रीको यस्तो धम्की

काठमाडौँका मेयरलाई एमालेका मन्त्रीको यस्तो धम्की

काठमाडौँ । नेकपा एमाले बाट निवार्चित बनेर गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री बनेका कृष्ण पाठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धम्की दिएका छन । उनले बालेन प्रति धम्की दिदैँ आक्रोश समेत व्यक्त गरेका छन । उनले आफनो सामाजिक सञ्जाल फेसबुक मार्फत आक्रोश पोखेका छन् । मेयर बालेनले हिज पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै स्टाटस लेखेपछि पाठकले प्रतिरक्षा गर्दै धम्काएका छन् ।

उनले लेखेका छन, यथेष्ट प्रमाण जुटाएर प्रमुख प्रशासकीय अधिकृतलाई कार्वाही पनि गर्न नसक्ने, छानबिन समितीको प्रतिवेदन लुकाउने, बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई गेटबाट भित्रपस्न समेत नदिने अनि कार्यकारी पठाएन भनेर प्रधानमन्त्रीलाई आक्रोश पोख्ने ? के हो बालेन भाई तिम्रो पारा ? हामी पनि कार्यकारी ठाउँमै बसेर काम गरिरहेका छौं । नियम, कानुन र कार्यबिधी भन्दा माथि कोही हुदैन र तिमिपनी छैनौ । चार भागको एकभाग पनि पुजिगत खर्चगर्न नसक्नेका कुरै चर्का । तिम्राजस्ता चर्काकुरा अरुहरुलाई पनि गर्न आउँछ भन्ने हेक्का राख भाई । भन्दै लेखेका छन । यतिबेला बालेन प्रति नै एमालको पंक्ति असन्तुष्ट बन्दै गएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओली सँग उनको सम्बन्ध त पानी बाराबार जस्तै रहेको छ । यतिबेला काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय बिहिन बनेको छ केन्द्रिय सरकारले समेत अधिकृत पठाउन पहल नगरेको बालेनको आरोप रहेको छ । हिज पनि उनले भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ भन्दै मेयर बालेनले ६ उदाहरण पेश गरेका थिए ।

सोमबार फेसबुकमा एक लामो स्टाटस लेख्दै मेयर शाहले अहिलेको सरकारले काठमाडौँ महानगर विरुद्ध देखाएको रवैया विरुद्ध आफू लडेरै छाड्ने उल्लेख गरेका छन् । महानगरमा प्रशासकीय अधिकृत नपठाइएको विषयमा सरकारले अनर्गल प्रचार गरेको भन्दै मेयर शाहले यो विषय सुशासन र भ्रष्टाचारको विरुद्धमा रहेको भन्दै यसका लागि जो कसैसँग पनि लड्ने सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । सरकार र प्रधानमन्त्री ओलीको दल नेकपा (एमाले) ले भ्यू–टावरको नक्सा पासको स्वीकृति मेयरले दिएको, कार्यकारी टिक्दैन भनेर फैलाउन खोलेको, काठमाडौंमा कार्यकारी जना मान्दैनन् भन्ने लज्जास्पद, लाचार र गैरजिम्मेवार अभिव्यक्ति दिएको, कार्यकारीको छानविनको रिपोर्ट लुकाइयो भन्ने भ्रम फैलाइएको लगायतका गतिविधि भएको भन्दै बालेनले आक्रोश व्यक्त गरेका छन् । त्यसपछि एमालेका नेता कार्यकर्ता त्यसको ‘काउन्टर अट्याक’ मा उत्रिरहेका छन् ।