Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एमाले लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा विरुद्ध मुद्दा नचल्ने निर्णय भएको बारे सूचना दिन महान्यायाधीवक्ता कार्यालको अस्वीकार

एमाले लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा विरुद्ध मुद्दा नचल्ने निर्णय भएको बारे सूचना दिन महान्यायाधीवक्ता कार्यालको अस्वीकार

काठमाडौँ । नेकपा एमाले लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा विरुद्ध मुद्दा नचल्ने निर्णय भएको बारे सूचना दिन महान्यायाधीवक्ता कार्यालले अस्वीकार गरेको छ । उनी बिरुद्ध एक नाबालिगलाई निरन्तर यातना दिने घरेलु कामदार बनाउँने देखी श्रम शोषणका गरेको आरोप लागेको छ ।

शत्ता र शक्तिको आडमा जोगाइएको छ । उनी बिरुद्ध मुद्धा नचलाउने निर्णय सरकारी वकिल कार्यालयले गरेको थियो । गत माघ १८ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले गरेको उक्त निर्णय उच्च सरकारी वकिल कार्यालयले सदर गरेर अन्तिम निर्णयका लागि महान्यायाधीवक्ता कार्यालयमा पठाएको छ । २ तिहाइको सरकार बनेपछि संवेदनशील मुद्धाहरु सरकारले नै मुद्धा नचल्ने निर्णय गरिरहेको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले २०८१ माघ १ गते सांसद रेखा शर्माविरुद्ध दास बनाउन नहुने सम्बन्धी कसुरमा मुद्दा नचलाउने निर्णय गरेको हो ।

सांसद शर्मा बिरुद्धको त्यस विषयमा युवरोज पौडेलले सूचनाको हक प्रयोग गरी माग गरेको सूचनामा महान्यायाधीवक्ता कार्यालयले सूचना दिन अस्वीकार गरेको हो ।

महान्यायाधीवक्ता कार्यालयले त्यसबारे आफूबाट निर्णय हुन बाँकी रहेको जनाएको छ । त्यस्तै उसले त्यो विषय सार्वजनिक सरोकारको नभएकाले सूचना दिन नमिल्ने भनेको छ ।

महान्यायाधीवक्ता कार्यालयले दिएको पत्रमा भनिएको छ, ‘निवेदनमा माग भएको मुद्दाको निर्णयलगायतको सम्पूर्ण कागजातको प्रमाणित प्रतिलिपि प्रदान गर्ने सम्बन्धमा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा २ को खण्ड (ख) बमोजिमको सार्वजनिक महत्वको कामू, ऐ. को खण्ड (ग) बमोजिमको सार्वजनिक सरोकारको विषय अन्तरगत पर्ने नदेखिएको र ऐ. ऐनको दफा ३ को उपदफा ३ को खण्ड (ख) अन्तरगत पर्ने देखिएको व्यहोरा जानकारी गराईन्छ ।’ सांसद शर्माले १४ वर्षीया बालिकालाई ८ वर्षदेखि घरेलु कामदारका रूपमा राखेकी थिइन् यस बिषयामा काठमाडौँका मेयर बालेन शाहले समेत सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । पीडित बालिकासँग माफि माग्दै नआत्तिन र कारबाहीको समय आउने बताएका थिए । गत जेठ १४ मा काठमाडौं महानगरपालिकाले १४ वर्षीया किशोरीको उद्धार गरेको थियो ।

कक्षा ७ मा अध्ययनरत ती किशोरीले आफूलाई सांसद शर्माले घरेलु कामदारका रूपमा राखेको, शर्माको घरमा खाना पकाउने, कपडा धुने, फूलबारी गोडमेल गर्ने, झाडु÷पोछा लगाउने काम गराएको र शर्माले आफूलाई हात र पाइपले कुट्ने गरेको पनि खुलाएकी थिइन् ।