काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीको बिरोध गरेको भन्दै रंगशाला भित्रै दर्शक कुटिएका छन । हिज भएको के पी ओली कपको फाइनल खेल हेर्न दशरथ रंगशालामा पुगेका दर्शकहरु माथि एमालेको भातृ संगठन युवा संघका सदस्यले कुटपिट गरेको भिडियोमा यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । केपी ओली कपमा ओलीको बिरोध गरेको भन्दै एमालेका युवा संघका कार्यकर्ताले एक युवकलाइ कुटेको भिडियोले सबैको ध्यान तानेको छ । यो भिडियो माथि धेरैले अब के पी ओली बिरुद्ध बोल्नै नपाईने हो ? बा को शासनका छोराहरुको दादागिरी भन्दै प्रश्न समेत गरेका छन ।
भिडियोमा आयोजकको गलबन्दी लगाएका दुई व्यक्तीले दर्शकमाथि हात पात गरको देखिन्छ । एक व्यक्तीले दर्शकलाई कठालोमा समाएर हुँत्याउँछन् भने अर्का व्यक्ती रेलिङनै क्रस गरेर किक हान्छन् । उनीहरुले कुट्न थालेपछि अन्य दर्शकले बोल्न नि नपाउने, हात हाल्छस् भन्दै प्रतिवाद गरेको देखिन्छ । छेउमा रहेका नेपाल प्रहरी भने कुट्ने व्यक्तीलाई नियन्त्रण लिएको देखिदैन । जुन भिडियोमा बिरोध गर्ने युवकले पटक पटक आफुलाई नकुट्न अनुरोध समेत गरेका थिए । पछिल्लो समयमा एमालेको युवा संगठन उग्र बन्दै गएका छन । केही दिन अघि समेत अनेरास्ववियुका एक नेता नेपाल प्रहरी माथि कुटपपिट गरेका थिए तर सत्ता र शक्तिको आडमा उनी छुटिसकेका छन ।
यतिबेला के पी शर्मा ओली बिरुद्ध जनताको बितृष्ण बढ्दो देखिन्छ । त्यसैले उनी अहिले सार्वजनिक कार्यक्रममा समेत जाँदैनन । हिज सम्पन्न भएको केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० ले हराउँदै मच्छिन्द्र एफसीले उपाधि जितेको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको फाइनल खेलको २९औं मिनेटमा आर्मीका विमल पाण्डेको आत्मघाती गोल र ७२औं मिनेटमा मच्छिन्द्रका स्टेफन जमाहा जालीको गोलमा मच्छिन्द्रले उपाधि जितेको हो । योसँगै मच्छिन्द्रले तीन पटक ओली कपमा उपाधि जितेर ह्याट्रिक गरेको छ ।
यो वर्ष चौथो फाइनल खेलेको मच्छिन्द्रले यसअघि इटहरी गोल्डकप जितेको थियो । यो सिजन चौथो प्रतियोगिता खेलेर पहिलो पटक फाइनलमा पुगे पनि आर्मीले उपाधि जित्न सकेन । प्रतियोगिताको विजेता मच्छिन्द्रले १५ लाख ११ हजार १ सय ११ र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
फाइनल खेलमा विश्वकप विजेता इटालियन पूर्व कप्तान एवम् गोलकिपर जियानलुइजी बुफोनको उपस्थिति रहेको थियो ।