काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर सामाजिक सञ्जालमा लेखेको स्टाटसको पक्ष विषयमा वाक युद्ध भएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले मेयर बालेन शाहको पक्षमा उभिँदै प्रधानमन्त्री ओलीलाई चुनौती दिएका छन् भने एमालेका नेता तथा महासचिव शंकर पोखरेलले शाहलाई कार्यकारी अधिकृत काठमाडौँ महानगर जान किन मानिरहेका छैनन् भन्दै प्रश्न गरेका छन भने यता (अनेरास्ववियु) अध्यक्ष समिक बडालले शाहलाई सामाजिक सञ्जालमा तिक्तता पोख्नुभन्दा मन्त्रीसँग समन्वय गर्ने कि भन्दै प्रश्न गरेका छन् ।
यसबाट प्रस्ट हुन्छ हर्कले बालेनलाई साथ दिएका छन भने शंकर र समिक बालेन शाहलाई दोष दिन लागि परेका छन ।
हर्कले शनिबार बिहान सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै प्रधानमन्त्रीको भूमिका प्रधानमन्त्रीको जस्तो हुनु पर्ने र मेयरहरु सङ्ग जुधेर नजुधि नरेन्द्र मोदी र सिजिन पिङ सङ्ग जुध्नु उनले ओलीलाई चुनौति दिएका छन । यस्तै यता नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) अध्यक्ष समिक बडालले शाहलाई सामाजिक सञ्जालमा तिक्तता पोख्नुभन्दा मन्त्रीसँग समन्वय गर्ने कि भन्दै प्रश्न गरेका छन् ।
बडालले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै स्टाटस लेख्नुभन्दा मन्त्रीसँग समन्वय गर्नुपर्ने बताएका हुन् । उनले लेखेका छन्, ‘काठमाडौँ महानगरमा कार्यकारी नआउँदा मेयर बालेन्द्र साहेबले प्रधानमन्त्रीलाई नै गुनासो पोख्नुपर्ने अवस्था आयो ! मन्त्रीसँग समन्वय गर्ने कि फेसबुकमा तिक्तता पोख्ने? लौ है, छिटो कार्यकारी पठाइदिनुस्, नत्र मेयर बालेन्द्र साहेबलाई अर्को शुक्रबार फेरि नयाँ स्टाटस लेख्न बाध्य पार्ने खतरा छ !’
पछिल्लो समय सरकारले काठमाडौँ महानगरपालिकामा प्रशासकीय अधिकृत नपठाएको आरोप मेयर बालेनले लगाउँदै आएका छन् । यता
एमाले महासचिव शंकर पोखरेलले पनि शाहलाई कार्यकारी अधिकृत काठमाडौँ महानगर जान किन मानिरहेका छैनन् भन्दै प्रश्न गरेका छन् । पोेखरेलले बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको भन्दै यसतर्फ पनि ध्यान दिन आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘काठमाडौँ महानगरको मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको देखिन्छ । तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिँदैन ।’
महासचिव पोखरेलले कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भए पनि अविलम्ब कार्यकारी अधिकृत पठाउनु पर्ने बताए । साथै उनले कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्ने बताएका छन ।