काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र प्रधानमन्त्री के पी शर्मा ओली बिचमा यतिबेला शीत युद्ध जारी रहेको छ । पछिल्लो समयमा बालेन शाहले ओली प्रति आक्रोश व्यक्त गदैँ सामाजिक सञ्जाल बाटै प्रहार गर्ने गरेका छन । उनले शुक्रबार साँझ पनि ओली प्रति लक्षित गदैँ एक स्टाटस लेखेका छन । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूलाई डुबाउने ताकमा देशलाई नडुबाउन आग्रह गरेका छन् । उनले लेखेका छन, प्रधानमन्त्रीज्यु ,भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ , हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मान्छे ! मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला भन्दै लेखेका छन ।
पछिल्लो समयमा सरकारले काठमाडौँ महानगरपालिकामा प्रसासकिय अधिकृत नपठाउँदा काम काज ठप्प रहको छ । महिर्नौँ सम्म पनि अधिकृत पठाउन नसक्दा कर्मचारीले तलब खान समेत पाएका छैनन । यस्तै यता नेकपा (एमाले) मा महासचिव शंकर पोखरेलले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई कार्यकारी अधिकृत काठमाडौँ महानगर जान किन मानिरहेका छैनन् भन्दै प्रश्न गरेका छन्। शुक्रबार अबेर राति सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले यस्तो प्रश्न गरेका हुन्। उनले काठमाडौँ महानगरका मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको भन्दै यसतर्फ पनि ध्यान दिन आग्रह गरेका छन ।
उनले लेखेका छन्, ’काठमाडौँ महानगरको मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको देखिन्छ। तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिँदैन।’ महासचिव पोखरेलले कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भए पनि अविलम्ब कार्यकारी अधिकृत पठाउनु पर्ने बताए। साथै उनले कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्ने बताएका छन । संघीय राजधानी र जनसांख्यिक रुपमै सबैभन्दा ठूलो महानगरपालिकाले नै प्रमुख प्रशासकीय अधिकृत नपाउँदा यतिबेलाा काम कारवाहि ठप्प छ ।
महानगरले पटक पटक अधिकृत पठाई दिन या अधिकार प्रत्यायोजन गरिदिन आग्रह गरिरहेको छ । प्रशासकिय अधिकृत कुर्दा पनि सरकारले नपर्ठाको भन्दै मेयर बालेनले ताला चाबी नै सिंहदरबारमा बुझाउने तयारी गरेको बुझिएको छ । पछिल्लो स्थानीय तह निर्वाचनबाट फराकिलो मतान्तरसहित काठमाडौं महानगरपालिका मेयर निर्वाचित बालेन र नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री ओलीबीच त्यति समधुर सम्बन्ध छैन। बालेन मेयर निर्वाचित भएलगत्तै ओलीले तबला उपहार दिएका थिए। तर, त्यसयता उनीहरूबीच चिसिँदो सम्बन्ध छ ।