काठमाडौँ । मेयर बालेन साहले आफूलाई हराउन ताकमा देशलाई नडुबाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । सामाजिक सञ्जालमा हिज एक पोस्ट गर्दै मेयर साहले प्रधानमन्त्री ओलीलाई यस्तो आग्रह गरेका हुन् ।
उनले भनेका छन्,‘प्रधानमन्त्रीज्यू भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ । हामी त तपाईँकै मदन भण्डारीको सपना पुरा गर्न हिँडेको मान्छे ’बालेन काठमाडौँ महानगरपालिकाका मेयर हुन । यता नेकपा एमालेका महासचव शंकर पोखरेलले काठमाडौं महानगरको मेयर वालेनले शाहले सरकारले कार्यकारी अधिकृत नपठाएकोमा तिखो आक्रोश र असन्तुष्टि पोखेको बताएका छन् । तर पछिल्लो समय काठमाडौँ महानगरमा किन कार्यकारी अधिकृत जान मानिरहेका छैनन् भन्ने कुरामा शाहको ध्यान पुगेको नदेखिएको पोखरेलले बताएका छन् ।
शुक्रबार राति पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा बालेनलाई जवाफ दिँदै कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भएपनि अविलम्व कार्यकारी अधिकृत पठाउनु पर्ने पनि बताएका छन् ।